काठमाडौं– दुग्ध विकास संस्थानले १ सय २३ जना अधिकृत र सहायक स्तरको कर्मचारी माग गर्दै विज्ञापन गरेको छ।
संस्थानले अधिृकत पदका लागि ३३ जना र सहायक स्तरका लागि ९० जना कर्मचारी भर्ना गर्ने गरी शुक्रबार विज्ञापन गरेको हो।
संस्थानले लोकसेवा आयोगको सहमतीमा विज्ञापन गरेको जनाएको छ। जसमा आन्तरिकतर्फबाट १३ र खुल्लाबाट १० गरी ३३ जना अधिकृत मागेको हो।
यसैगरी, सहायक स्तरतमा भने २१ जना आन्तरिक गरी ९० जना मागेको हो।
संस्थानले आवेदन बुझाउनका लागि सहायक स्तरको लागि उमेर १८ वर्ष पूराभइ ३५ वर्ष ननाघेको र अधिकृतका लागि २१ वर्ष पूराभइ ३५ वर्ष ननाघेकको हुने पर्ने जनाएको छ।
थप जानकारीका लागि तलकाे सूचना हेर्नुहाेस्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।