काठमाडौं– खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘डमरुको डण्डीबियो’ले आफ्नो रिलिज मिति टुंगो लगाएको छ। फिल्म युनिटले बैशाख २१ लाई प्रदर्शन मिति तय गर्दै मंगलबार २ वटा पोस्टर सार्वजनिक गरेको छ।
नेपालमा लोप हुँदै गएको खेल डण्डीबियोलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म डमरुको डण्डीबियोलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन्।
फिल्ममा खगेन्द्रका साथै मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का लगायतका कलाकारको अभिनय छ।
प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटाले संगीत दिएका छन् भने हरि हुमागाईंले छायांकन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।