काठमाडौं- नेपाल सनव्रेला अनिङले नेपालमै पहिलो पटक ५० वर्ष टिक्ने स्वचालित छाना प्रयोगमा ल्याएको छ।
विश्वकै नवितम प्रविधिमा आधारित स्वचालित छाना सहजै खोल्न र बन्द गर्न सकिने सनव्रेला अनिङ प्रालिले जनाएको छ। छाना फोल्ड गर्न समेत सकिने प्रालिका सञ्चालक जीवन उप्रेतीले जानकारी गराए।
उक्त छाना घर, पसल रेस्टुर्न्ट,झ्याल ढोका तथा बरण्डामा प्रयोग गर्न सकिने बताइएको छ। ९९।९९ प्रतिशत पराबैजनी किरणबाट सुरक्षित हुने कम्पनीको दाबी छ। ७८ प्रतिशत ताप प्रतिरोधात्मक क्षमता भएको उक्त छाना शत प्रतिशत वाटर प्रुफ भएको कम्पनीले प्रष्टाएको छ।
स्वचालित उक्त छानामा ५ वर्षको वारेन्टी हुने कम्पनीले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।