काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले हरेक वर्ष वितरण गर्दै आएको एनएस क्वालिटी अवार्ड २०१९ मा ३ वटा सिमेन्ट परेको छ।
एनएस क्वालिटी अवार्डको प्रथम, द्धितिय तथा तृतीय ३ वटै अवार्ड सिमेन्ट उद्योगीले हात पारेको छन्।
नेपालमा अहिले ५ दर्जनभन्दा बढी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छन्।
सिमेन्टमा देश आत्मनिर्भरको बाटोमा रहेको अवस्थमा ३ वटै अवार्ड सिमेन्ट व्यवसायीले पाएका हुन्।
जसमा एनएस क्वालिटी अवार्डबाट प्रथममा शिवम सिमेन्ट हेटौंडा, द्धितियमा मारुती सिमेन्ट सिराहा र तृतीय अवार्ड शुभ श्री जगदम्बा सिमेन्ट पर्साले पाएको हो।
अवार्ड वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।