जेन्सी– बलिउड अभिनेत्री करिना कपुर पुनः अभिनयमा आउने भएकी छिन्। विगत केही समयदेखि आफ्नो छोरा तैमुरको हेरचाहमा ब्यस्त अभिनेत्री करिना अब भने काममा फर्कने तयारीमा छिन्। करिनाको छोरो अहिले १५ महिनाको भइसकेको छ। छोरो हुर्किंदै गएको र सुटिङका लागि छोडेर हिँड्ने मिल्ने भएकाले करिना काममा फर्किएकी हुन्। उनी चाँडै सोनम कपुर, स्वारा भास्कर र शिखा तल्सानियासँग फिल्म ‘विरे दी वेडिङ’ मा देखिने भएकी छिन्।
यसैबीच, करिना अन्य एक फिल्ममा समेत हस्ताक्षर गर्ने तयारीमा छिन्।
अजय देवगनको पहिलो मराठी फिल्म ‘अपला मानुस’ जुन भर्खरै माराठीमा रिलिज भइसकेको छ। यही माराठी फिल्मलाई हिन्दी रिमेकको तयारीमा जुटेका छन् निर्माता आशुतोष गोवारिकर। यो फिल्मका लागि आशुतोषले करिनासँग भेट गरेका थिए। भेटसँगै फिल्ममा करिना कपुर काम गर्न तयार भएको सञ्चार माध्यमहरुले जनाएका छन्।
आशुतोषको चाहाना अनुसार करिनाले फिल्ममा लिड रोल निर्भाह गर्नेछिन्। फिल्ममा करिनापछिका अन्य कलाकार फाइनल भएपछि करिना औपचारिक रुपमा फिल्ममा अनुबन्ध हुने बताइएको छ।
अहिले भने करिना फिल्म ‘विरे दी वेडिङ’को सुटिङमा ब्यस्त छिन्। जुन फिल्मलाई अभिनेत्री शोनम कपुरकी बहिनी रिया कपुरले निमार्ण गरिरहेकी छन्। चर्चित अभिनेत्री श्रीदेवीको निधले केही समयका लागि फिल्मको सुटिङ रोकिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।