• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यसरी सम्भव छ नेपाली खेलकुदको विकास

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  १७:३३
1140x725

भारतमा आफ्ना केटाकेटीलाई पढाइलेखाइमा ध्यानकेन्द्रित गराउन पर्‍यो भने एउटा उखान भनिन्छ, 'पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब।’ अर्थात् ‘खेलकुदमा लाग्यौ भने तिमी र तिम्रो भविष्य नै खराब हुन्छ, ठूलो मान्छे बन्नका लागि त पढ्नुपर्छ’ भनेर केटाकेटीलाई धम्कीपूर्ण भाषामा ‘सम्झाउन’का लागि यो उखानको प्रयोग गरेको सुनिएको छ । हाम्रो समाजपनि यो मनोदशाबाट टाढा छैन । यो मनस्थितिभन्दा फरक छैन हाम्रो मनस्थिति पनि।

भारतकै कुरा गर्ने हो भने अधिकांश भारतीयहरु आफ्ना सन्ततीलाई खेलकुदमा लगाउनुपर्ने अवस्थामा क्रिकेट भन्दा अरु खेलमा लाग्ने अनुमति सजिलै दिन्छन् जस्तो लाग्दैन । किनकी, भारतीय राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले क्रिकेट खेलेरै वार्षिक करोडौं रुपैयाँ आयकर मात्र बुझाउँछन् भने आम्दानी कति हुँदो हो। आम्दानी अरबौं सम्म गर्छन्। विभिन्न वस्तु तथा सेवाको विज्ञापन गरेबापत आउने पैसा अलग्गै छ। यो कमाइ भने भारतमा कुनै डाक्टर, इञ्जिनियर वा अन्य कुनै ठूलै पदको जागिरेभन्दा धेरै हो। त्यसैले पनि भारतीयहरु आफ्ना सन्तानलाई अरु खेलको मैदान वा रिङमा भन्दा सकेसम्म क्रिकेटकै क्रिजमा उतार्न चाहन्छन्

हाम्रोतिर अझैंपनि त्यो सोच पूर्ण रुपले विकसित हुन सकेको छैन। केहि अभिभावकले आत्मरक्षाका लागि आफ्ना छोराछोरीलाई मार्सलआर्टमा लगाएपनि अन्य खेलमा स्वेच्छाले लगाउने अभिभावकको कमी छ। विदेशमा क्लबहरुले सञ्चालन गर्ने खेलका एकेडेमीहरुमा आफ्ना छोराछोरीलाई ५–७ वर्षको उमेरदेखि प्रवेश गराइ मासिक शुल्कसमेत तीर्न अभिभावकहरु लालायित हुन्छन्। यहाँ भने निःशुल्क प्रशिक्षण हुन्छ भनेपनि छोराछोरी पठाउन आनाकानी गर्नुपर्ने अवस्था छ । हाम्रा (सबै हैन) अधिकांश अभिभावकहरुलाई के लाग्छ भने, आफ्ना छोराछोरी खेलकुदमा लागे भने पढ्दैनन, बिग्रन्छन। त्यसैले पनि होला केटाकेटीलाई आशीर्वाद दिने बेला पनि फलाकिन्छ डाक्टर हुनु, वकिल हुनु, इञ्जिनियर हुनु आदि इत्यादि। अभिभावकका ठाउँमा उभिएर हेर्ने हो भने यो जायज र स्वभाविक पनि हो।

आखिर खेल्ने किन त? केका लागि खेल्ने? कसका लागि खेल्ने? खेलेर के पाइन्छ? खेलेकै भरमा जीवन गुजारा गर्न सकिन्छ? भविष्य सुरक्षित हुन्छ खेलेर? यावत प्रश्नहरु यक्ष प्रश्न बनेर उभिन्छन् अभिभावकका अगाडि अनि निरुत्तर हुन्छन सबै प्रश्न। किनकी जवाफ दिने आधिकारिक निकाय को हो? सम्बन्धित खेल संघ हो कि? जिल्ला खेलकुद विकास समिति हो कि? राष्ट्रिय खेलकुद परिषद् हो कि? नेपाल सरकार, खेलकुद मन्त्रालय? जवाफ कसैसँग छैन।

अनि जुन क्षेत्रमा भविष्य अन्धकार छ भनेर अहिले नै थाहा छ भने त्यहि क्षेत्रमा आफ्ना सन्ततिलाई जबरजस्ती कसरी त्यो अँध्यारोमा धकेल्न सक्छन बाबुआमाले? तरपनि मान्नपर्छ, यस्तो कठिन पारिवारिक, सामाजिक, राजनीतिक अप्ठेराहरुका बीचपनि हाम्रा खेलाडीहरु खेल्दिन्छ् अनि कहिलेकाहिं पदकपनि जितिदिन्छन्। अनि त्यतिबेला चाहिँ हामी सबैलाई गर्व लाग्छ। झन् पछिल्लो समय सन्दीप लामिछाने भारतको प्रतिष्ठित इण्डियन प्रिमियर लिगको अक्सनमा २० लाख भारुमा दिल्ली डेयरडेभिल्समा छानिएपछि युवा पुस्ताको हौंसला निश्चयपनि बुलन्द भएको हुनुपर्छ ।

यति भूमिका बाँधेर, केहि थान उदाहरणसमेत दिइसकेपछि अब फेरिपनि प्रश्न उठ्छ कि आखिर माथिका सबै यक्ष प्रश्नहरुको जवाफ कसले दिने? म त भन्छु सरकारले दिने। खेलकुदको विकास गर्ने योजना बनाउने अधिकार अनि जिम्मेवारी पाएका निकायहरुले दिने। किनकी खेलकुद विकासको योजना, पूर्वाधार अनि उचित वातावरण बनाउने भनेरै जिम्मेवारी पाएका छन, जवाफ उनीहरुले नै दिनुपर्छ। अहिलेसम्मको अवस्थामा हेर्ने हो भने सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न नसकेकै हो। सिंगो देशभरिमा रहेको एउटा मात्र दशरथ रंगशालाले त्यो कुराको पुष्टि गर्छ । पछिल्लो समय जुर्मुराएको क्रिकेटका कारण काठमाडौंकै मुलपानीमा एउटा क्रिकेट रंगशाला निर्माण गर्न सरकार बाध्य भयो, तर त्यसभन्दा बाहिर न रंगशालाहरु छन, न त अन्य आवश्यक भौतिक पूर्वाधारहरु नै पर्याप्त छन । न त सरकारले सुरक्षित भविष्यको सुनिश्चितता गर्न सकेको छ न त खेलकुद फस्टाउने उचित वातावरण नै बनाउन सकेको छ । अनि कसरी अघि बढ्छ खेलकुद क्षेत्र? अनि कसरी उत्पादन हुन्छन, कसरी टिक्छन त खेलाडी?

खेलकुद भन्नासाथ क्रिकेटमात्र बुझ्ने र क्रिकेट मात्र हेर्ने भारतमा अहिले खेलकुदका अन्य विधा फुटबल, कुस्ति, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, हकीलगायतका केहि खेललाई प्रोत्साहन गर्न करोडौं रुपैयाँ खर्च गरिएको छ। ठूल्ठूला प्रतियोगिताको आयोजना गर्न र नाम कहलिएका अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आफ्नो देशमा ल्याउन अर्बौ रुपैयाँ खर्च गरिरहेको छ।

ब्राजिल र बार्सिलोनाबाट खेलिसकेका रोनाल्डिन्डोलाई झिकाएर फुटसल खेलाउने, ब्राजिलकै अर्का स्टार प्लयेर रोबेर्टो कार्लोस, अलजान्द्रो डेल पिर्लो, उरुग्वेका डिएगो फोर्लानलगायतका अन्य नामचिन खेलाडी झिकाएर फुटबल लिगमा खेलाउने ल्याकत भारतले बनाइसकेको छ। एसियाको उदाउँदो शक्तिका रुपमा स्थापित हुँदै गएको छिमेकी देशले आर्थिक र औद्योगिक विकाससंगै खेलकुदको विकासपनि गर्न सकिएन भने अन्तर्राष्ट्रिय होडवाजीमा कमजोर भइन्छ भन्ने कुराको बुझाइ राम्रैसँग भएका कारण होला छिमेकी प्रधानमन्त्रीपनि अहिले टीभीमा देखिएर यसो भन्छन, ‘खेलोगे कुदोगे बनोगे नवाब...।’ यसमा थप उर्जा भरेका छन बलिउड फिल्महरुले। म्यारी कोम, दंगल र भाग मिल्खा भाग जस्ता फिल्मको सफलताले समेत ‘स्पोर्टस जनरा’मा फिल्म बनाउन भारतीय फिल्म निर्देशकहरुलाई नयाँ उपायसमेत दिएको छ भने खेलकुदमा लाग्न चाहने नयाँ पिढीका लागि थप हौंसला दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अनेकौं अवरोध र अप्ठेराहरुका बीचपनि नेपालको खेलकुद ढुंगाको काप फोडेर पलाएको पिपलझैं पलाउँदै गएको छ। पछिल्लो समय खेलकुदमा निजी तथा व्यापारिक क्षेत्रको लगाव र लगानी दुबै बढ्न थालेपछि भने खेलकुदमा व्यवसायिकता हुर्कने मौका पाइरहेको छ। अब खेल क्षेत्रमा पनि केहि परिवर्तन हुँदैछ है भन्ने महशुस हुन थालेको छ । विभिन्न विधाका, विभिन्नस्तरका प्रतियोगितामा प्रायोजन, सहप्रायोजन गरेर खेल गतिविधिलाई निरन्तरता दिने मात्र नभई खेलाडीहरुलाई आफ्ना उत्पादनका विज्ञापनमा सरिक गराउनुका साथै सदभावना दूत (ब्राण्ड एम्बेसडर) बनाउने गरेर निश्चित पारिश्रमिक दिने गरेका कारणपनि खेलाडीहरु खेलमा आकर्षित हुन थालेका छन।

खेल क्षेत्रमा निजी क्षेत्रको लगानी र लगाव दुबै बढदै गएको छ भने नेपाली खेल जगत् पनि व्यावसायिक बन्दै गएको अनुभव हुन थालेको छ। देखासिखी नै किन नहोस्, भारतमा इण्डिएन प्रिमियर लिग क्रिकेटझैं नेपालमा निजी क्षेत्रको अग्रसरतामा एभरेष्ट प्रिमियर लिग शुरु हुनु, जिल्ला जिल्लामा हुने फुटबल गोल्डकपहरुलाई प्रायोजन गर्ने व्यवसायिक घराना बढ्दै जानु अनि खेलाडीको अनुवन्धन र अक्सनको रकम बढ्दै जानुले खेलकुदमा लागेर पनि अबका दिनमा व्यावसायिक भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ। निजी क्षेत्र र खेल क्षेत्रको समन्वयमा खेलकुदमा व्यावसायिकता वृद्धिसँगै खेलाडीहरु व्यावसायिक बन्न थालेका छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुँदै गएको छ। यसलाई अत्यन्त सकारात्मक मान्नुपर्छ। खेलकुद अब स्वास्थ्य र मनोरञ्जनका लागि गरिने क्रियाकलापमा मात्र सीमित रहेको छैन। विश्वव्यापी रुपमा हेर्ने हो भने खेलकुदपनि व्यापारको आकार बढाउने महत्वपूर्ण माध्यमका रुपमा पनि स्थापित भइसकेको छ। यसरी हेर्दा खेलकुद र निजी क्षेत्र एक अर्कालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने माध्यम बनेका छन ।

मुलुक संघीय संरचनामा गएर नयाँ अनि अधिकारसम्पन्न स्थानीय तथा प्रदेश सरकारको सक्रियतासंगै समाजका अन्य पक्षजस्तै खेलक्षेत्रले पनि परिवर्तन, सुधार अनि विकासको नयाँ आशा गरेको छ। केन्द्रिकृत शासन व्यवस्थामा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणदेखि सानात प्रतियोगिता आयोजनाका लागि केन्द्रकै मुख ताकेर बस्नुपर्ने अवस्थाको अब अन्त्य होला खेलक्षेत्रले गरेका अपेक्षापनि यहि नै हो। किनकी केन्द्रिकृत राज्यव्यस्थाको उपेक्षाको कोपभाजनमा नराम्ररी  फसेका क्षेत्रमध्ये खेलक्षेत्रपनि प्रमुख हो। यसरी हेर्दा अहिलेको स्थिति पहिलेभन्दा धेरै फरक छ। निजी तथा व्यापारिक क्षेत्रको लगाव र लगानी बढ्दै जान थालेको अवस्थामा अब स्थानीय एवं प्रादेशिक सरकारहरुले पनि खेलकुदमा लगानी बढाउन जरुरी भैसकेको छ। खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणको क्रम अविलम्ब सुरु गर्नुपर्छ। किनकी, प्रदेशको राजधानी हुनका लागि अत्यावश्यक पूर्वाधारमध्ये रंगशालापनि नभई नहुने पूर्वाधार हो। त्यसैले यहाँ रहेको खेलप्रतिको झुकावलाई सम्मान गर्ने हो भने, भोलि खेलकुदका माध्यमबाटपनि यो प्रदेशको अलग पहिचान स्थापित गराउने हो भने कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशालालाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ।

सरकारले एक्लैले तत्कालै रंगशाला बनाउन नसक्ने अवस्था हो भने बरु सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार भएपनि रंगशाला बनाउन सकिन्छ । खेलकुदको विकास एवं प्रवद्र्नमा लगानी गर्ने व्यापारी व्यवसायीहरुलाई निश्चित प्रतिशत कर छुटको नीतिको सुविधा सरकारले गर्नुपर्छ। निजी क्षेत्रले पनि व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(लेखक सुर्खेत जिल्ला फुटबल संघका महासचिव हुन् )

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्