एजेन्सी – दुबई पुलिसले आज श्रीदेवीको पार्थिव शरीर परिवारलाई सुम्पिएको छ। दुबईबाट प्रकाशित खलीज टाइम्सका अनुसार भारत ल्याउनका लागि श्रीदेवीको पार्थिव शरीरमा लेप लगाउने कार्य भएको छ।
दुबईको कानून अनुसार उनको पार्थिव शरीर ल्याउन तीन दिन लागेको हो। अस्पताल बाहीर भएको मृत्यूमा दुबईको कानून अनुसार समय लाग्ने बताइएको छ। दुबई पुलिसले दुर्घनाका कारण बाथटपमा डुबेर श्रीदेवीको मृत्यू भएको पुष्टी गरेको छ। भारतमा श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ हुनेछ। दुबईको स्थानिय समय अनुसार श्रीदेवीको निधन शनिबार राति ११ बजे भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।