रक्तचापको सम्भावित खतराबाट जोगिन १५ वर्षभन्दा माथि भएका व्यक्तिले नियमित रुपमा रक्तचाप जाँच्न आवश्यक छ । रक्तचाप जाँच गर्दा सामान्य अवस्थामा १२०/८० छ भने तीन तीन महिनामा रक्तचाप जाँच गरे हुन्छ । पटक–पटकको जाँचमा रक्तचाप सामान्य नै छ भने ६ महिनाको अन्तरालमा जाँच गरे पनि हुन्छ ।
तर, जाँचका क्रममा प्रि–हाइपरटेन्सन छ अर्थात् माथिको १२० देखी १३९ र तल ८० देखि ८९ सम्म छ भने महिनामा एक पटक अनिवार्य रुपमा रक्तचाप जाँच्नुपर्ने हुन्छ । प्रिहाइपरटेन्सन भनेको उच्च रक्तचापको बोर्डर लाइन हो । यदि कोहीले औषधि खाइरहेको छ र रक्तचाप पनि माथिको १४० भन्दा माथि र तलको पनि ९० भन्दा माथि छ भने अनिवार्य रुपमा १५–१५ दिनमा रक्तचाप जाँच गर्नुपर्ने हुन्छ ।
त्यसकारण सामान्य व्यक्तिदेखि रक्तचापको औषधि खाइरहेकाले पनि अनिवार्य रुपमा समय अनुसार रक्तचाप जाँच नियमित गर्नुपर्ने हुन्छ । जस्तो कसैले औषधि खाइरहेको छ तर रक्तचाप नियन्त्रणमा छैन भने चिकित्कसको परामर्श लिनु पर्ने हुन्छ । चिकित्कसले उसको अवस्था हेरेर औषधि थप्ने जीवनशैली तथा खानपिनमा परिवर्तन गर्ने लगायतका आवश्यक सुझाब दिन सक्छ ।
गम्भिर लक्षण आउने दिन मात्र कुरोर बस्ने हो भने धेरै ढिला भइसकेको हुन्छ । त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको पहिचान हुनु निकै आवश्यक छ । यसका लागि गाउँगाउँमा रक्तचाप नाप्ने व्यवस्था हुनुपर्छ । रक्तचाप जाँच गर्नुपर्छ भन्ने विषयमा जनचेतना समेत फैलाउन पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।