विदेश जाने १ सय १२ जना श्रमिकले लिए विद्युतीय स्टिकर

बिहीबारदेखि उपत्यका बाहिरबाट पनि जारी हुने
नेपाल लाइभ | २०७६ कार्तिक २६ मंगलबार | Tuesday, November 12, 2019 २१:३०:०० मा प्रकाशित

काठमाडौं- वैदेशिक रोजगारीमा जाने १ सय १२ जना श्रमिकहरुले विद्युतीय श्रम स्वीकृतिको निस्सा (ई-स्टिकर) लिएका छन्।

ई- स्टिकर लागू भएको पहिलो दिन मंगलबार वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलबाट १ सय १२ जनाले ई- स्टिकर पाएका हुन्।

मंगलबार व्यक्तिगततर्फ र वैधानिकीकरण (लिगलाइजेशन) तर्फका सबै आवेदकहरूलाई स्टिकर प्रदान गरिएको हो।

बुधबारबाट पुनः श्रम स्वीकृति लिने सबैले ई-स्टीकर प्राप्त गर्नेछन्।

बिहिबारदेखि उपत्यका बाहिरका वैदेशिक रोजगार कार्यालयहरुबाट समेत ई-स्टिकर जारी गरिने महानिर्देशक भुसालले जानकारी दिए।

ई-स्टिकर प्रणाली लागू भएसँगै स्टिकरको दुरूपयोग नहुने तथा वार्षिक २० लाखको हाराहारीमा  स्टिकर छपाइका लागि लाग्ने रकम बचत हुने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान