काठमाडौं– निर्देशक मदन घिमिरेको निर्देशनमा नयाँ फिल्म ‘द प्रिन्स’ निर्माण घोषणा भएको छ। सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको औपचारिक निर्माण घोषणा भएको हो।
बदलिँदो परिस्थिति, प्रेम, रोमान्स र मनोरञ्जनात्मक दृष्यलाई समावेस गरिने ‘द प्रिन्स’ एनपी फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने भएको हो।
निर्माता विष्णु सिवाकोटीको लागानीमा बन्न लागेको फिल्ममा प्रायः नया कलाकारको उपस्थिति रहनेछ।
कथाकार सम्राट थापाको लेखन तथा भोजराज देवकोटाको पटकथामा बन्न लागेको फिल्ममा कलाकार सरोज खनालका साथमा नव कलाकार प्रिन्स थापा, शिवु शाह, कशिस दाहाल, मनिशा पाण्डे, महेन्द्र मैनाली आदिले अभिनय गर्नेछन्।
‘आत्मबलमा ठूलो शक्ति हुन्छ र निर्णय क्षमताले लक्ष्यसम्म पुग्न सहयोग गर्छ’ भन्ने थिममा फिल्म बन्न लागेको निर्देशक घिमिरेले बताए।
रामशरण उप्रेतीको छायांकन रहने फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व, काजीराज शाक्यको गीत रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।