काठमाडौं- राजस्व अनुसन्धान विभागले हस्पी केयर इन्टरनेसनल र श्री श्याम ट्रेडर्स विरुद्ध ११ करोड राजस्व छली गरेको भन्दै मुद्दा दर्ता गराएको छ। विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको हो।
वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिलबिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको आरोपपत्रमा उल्लेख छ।
भारतीय नागरिक रहेका हस्पीका संचालक केशव वंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गरेको समेत पाइएको विभागले दायर गरेको आरोपपत्रमा भनिएको छ।
भ्याट तर्फ ३ करोड १२ लाख १९ हजार ९५९ र आयकर तर्फ ८ करोड ७ लाख ६४ हजार २०५ गरी ११ करोड १९ लाख ८४ हजार १६४ राजस्व चुहावट गरेको आरोप लगाइएको छ।
उनीविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय मागदाबी गर्दै विभागले मुद्दा दर्ता गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।