एजेन्सी– श्रीदेवीको निधन रहस्यमय बन्दै गएको छ। जसका कारण उनको शव भारत ल्याउन अझै समय लाग्ने भएको छ।
श्रीदेवीको पोस्टमार्टम र फरेन्सिक जाँचको रिर्पोट आइसकेको छ। फरेन्सिक रिर्पोट अनुसार श्रीदेवीको आफू बसेको कोठामा रहेको बाथटपमा डुबेर निधन भएको हो। उनले मदिरा पनि सेवन गरेको रिर्पोटमा देखिएको छ।
असामान्य निधन देखिएकाले दुबईको कानुन अनुसार उनको शव भारत ल्याउन अझै केही समय लाग्ने भएको हो। भारतीय सञ्चार माध्यमका अनुसार दुबई पुलिसले उनको निधनको केस दुबईको सरकारी वकिललाई हस्तान्तरण गरेको छ। अब श्रीदेवीको शव उनको परिवारलाई हस्तान्तरण गर्न सरकारी वकिलको अनुमति चाहिन्छ।
दुबईको सरकारी वकिललाई मृत्युको कारणमा शंका लागे थप अनुसन्धान गर्न आदेश दिनेछ। तर, अहिलेसम्मका रिर्पोटले श्रीदेवीको मृत्युमा कसैको हात रहेको भन्ने देखिएको छैन। श्रीदेवीको शव लिनका लागि भारतीय उद्योगपति अनिल अम्बानीको निजी विमान आइतबार नै दुबई पुगिसेको छ।
श्रीदेवीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने तयारी मुम्बईमा भएको छ। श्रीदेवीको निधन दुबईको इमिरेट्स होटलमा शनिबार राति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।