काठमाडौं- ‘रियल टाइम ग्रस सेटलमेन्ट सिटम’ (आरटिजिएस) प्रयोग गरी भुक्तानी कारोबार गर्ने सबै सदस्य संस्थाका लागि कारोबारको सीमा तोकिएको छ।
‘आरटिजिएएस सिस्टम रुल, २०१९’ को अनुसूची-७ मा संशोधन गर्दै राष्ट्र बैंकले आइतबार उक्त प्रणालीबाट हुने कारोबारसम्बन्धी अधिकतम र न्यूनतम दायरा निर्धारण गरिदिएको हो।
अनिवार्य आरटिजिएस कारोबारका लागि निर्धारण गरिएको थ्रेसहोल्डमा नेपाली रुपैयाँ २० लाखभन्दा माथि तथा अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङ २० हजार र जापानी येन २० लाखभन्दा माथि कारोबार गर्न सकिने सीमा तोकिएको छ।
त्यस्तै, आरटिजिएस कारोबारका लागि न्यूनतम सीमामा नेपाली रुपैयाँ २ लाख, अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङ २ हजार र जापानी येन २ लाख बराबर तोकिएको छ।
राष्ट्र बैंकबाट संचालन हुने आरटिजिएस प्रणालीमा ‘क’ वर्गका बैंकहरुले प्रत्यक्ष सहभागी (डाइरेक्ट पार्टिसिपेन्ट) भई कारोबार गर्नुपर्ने व्यवस्था गरिएकाले सोही बमोजिम गत भदौ १९ गतेबाट आरटिजिएस प्रणालीसँग समन्धित नियमहरुसमेत जारी भइसकेको छ।
उक्त नियमअनुसार आन्तरिक व्यवस्था र पार्टिसिपेन्ट एग्रिमेन्टसम्बन्धी सम्पूर्ण कार्य भदौ २४ गतेभित्रै गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको थियो।
तर राष्ट्र बैंक आफैले बिना तयारी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन खोजेको भन्दै त्यसको आलोचना भएको थियो भने आरटिजिएस प्रणाली अहिले पनि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन।
विकास बैंक र वित्त कम्पनीहरुको हकमा भने क्रमिक रुपमा दोश्रो चरणमा आरटिजिएस प्रणालीमा सहभागी गराउने गरी तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ।
‘ख' र 'ग' वर्गका वित्तीय संस्थाहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष सहभागी हुनका लागि आरटिजिएस सिस्टम रुल्स मा भएको व्यवस्थाअनुसार आवेदन दिनुपर्ने जनाइएको छ।
आरटिजिएस सिस्टम रुल्समा प्रत्यक्ष सहभाग भएका बैंक तथा वित्तीय संस्थाले स्टे«ट थु्र प्रोसेसिङ (एसटिपि) मार्फत कारोबार संचालन गर्छन। हाल केही बैंक वित्तीय संस्थाहरु एसटिपी लागु गर्ने चरणमा रहेकोमा त्यस्ता संस्थाको हकमा आरटिजिएस प्रणालीको टिएमएस÷एक्स (वेभ सर्भिस) मार्फत म्यानुअल बेसिसमा कारोबार संचालन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।