काठमाडौं–गृहमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले पदभार ग्रहण गरेलगत्तै एक कार्यदल गठन गरेका छन्।
पदभारपछि पहिलो निर्णयका रुपमा उनले अध्यागमनको नीति बनाउने तथा सुधारका लागि कार्यदल गठन गरेका छन्। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीका अनुसार मन्त्रालयको नीति महाशाखाका प्रमुख केदार न्यौपानको संयोजकत्वमा कार्यदल गठन भएको छ । अध्यागमनमा समस्याको पहिचान गरी सुधारका लागि कार्यदल गठन गरिएको हो।
मातहतका निकायलाई सुधारका लागि सहयोग गर्न निर्देशन दिएका छन्। परिवारको सदस्यको रुपमा अभिभावकलाई सहयोग गर्न उनले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।