नयाँ दिल्ली (एजेन्सी)– बलिउडकी चर्चित नायिका श्रीदेवीको निधनको रहस्य खुलेको छ। पहिले उनको निधन ह्यदयाघातका कारण भएको बताइएको थियो। तर, सोमबार जारी फरेन्सिक रिपोर्टमा उनको निधन दुर्घटनावस डुबेर भएकाे सार्वजनिक भएको छ।
समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको रिपोर्टमा श्रीदेवीको शरीरमा अल्कोहलको मात्रा पाइएको बताइएको छ। दुबईस्थित गल्फ न्युजको रिपोर्टलाई आधार बनाउँदै एएनआईले जानकारी दिएको छ, ‘मदिराको नशामा श्रीदेवीले आफ्नो सन्तुलन गुमाएकी थिइन्। जसका कारण उनी बाथटपमा लडिन्।’
खालिज टाइम्सका अनुसार श्रीदेवी केही दिनदेखि दुबईको जुमेरा एमिरेट्स होटलमा बसेकी थिइन्। उनलाई डिनरमा लैजान श्रीमान् बोनी कपुर कोठामा पुगेका थिए। बोनी घटनाकै दिन साँझ मुम्बईबाट दुबई पुगेका थिए। बोनीको प्रस्तावपछि तयार हुन उनी बाथरुममा प्रवेश गरेकी थिइन्। तर, त्यसपछि उनी फर्किएर बाहिर आइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।