मुम्बई (एजेन्सी)– पारिवारिक बिहेमा दुबई गएकी बलिउडकी चर्चित नायिका श्रीदेवीको गत शनिबार निधन भएको खबरपछि एउटा प्रश्न उब्जिएको छ। २० फेब्रुअरीमा सम्पन्न भएको बिहेपछि परिवारका सबै सदस्य घर फर्किसकेका थिए। तर, श्रीदेवी मात्र दुबईमा थिइन्।
सुत्रका अनुसार श्रीदेवी आफ्नी जेठी छोरी जाह्न्वीको सामानको सपिङका लागि दुबईमा रोकिएकी थिइन्। किनकि छाेरी जाह्नवी आफ्नो पहिलो फिल्मको सुटिङका कारण दुबई जान पाएकी थिइनन्। श्रीमान् बोनी कपुर कामका कारण छिट्टै घर फर्किएका थिए। उनीसँगै कान्छी छोरी खुसी पनि मुम्बई फर्किएकी थिइन्।
मुम्बईमा काम सकेर पुनः दुबई पुगेका बोनीले श्रीदेवीलाई सरप्राइज दिन डिनरको व्यवस्था गरेका थिए। यसका लागि तयार हुन बाथरुम छिरेकी श्रीदेवी बाहिर निस्किनन्।
सोमबार सार्वजनिक भएको फोरेन्सिक रिपोर्टमा उनको निधन बाथटपमा डुबेर भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।