काठमाडौं- उन्नति माइक्रोफाइनान्सको साधारण सेयर (आइपिओ) नेप्समा सूचीकृत भएको छ। कम्पनीको ५ लाख ५० हजार कित्ता आइपिओ सोमबार नेप्सेमा सूचीकृत भएको हो।
सामान्यतया कम्पनीको सेयर सूचीकृत भएपछि कम्पनीको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ।
उन्नतिलेले पुस २१ देखि २५ सम्म जारी पुँजीको ३० प्रतिशत साधारण लगानीकर्ताका लागि आइपिओ जारी गरेको थियो। आइपिओमा कुल २ लाख ४४ हजार ४ सय २७ जना स्वीकृत आवेदकमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना आवेदकले सेयर पाएका थिए।
उन्नति माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देहीमा छ। हाल यसको १० जिल्लामा २७ वटा शाखा कार्यालय सञ्चालित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।