बेइजिङ- पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
त्यसैगरी जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। फुकुसीमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भए तापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन।
जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार बिहान सबेरै १ः२८ मा गएको थियो।
जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन। यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।