राजविराज– प्रदेश २ मा वाम गठवन्धनसहितको सरकार गठन हुन सक्ने भएको छ। नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डलले वाम गठवन्धन सहितको सरकार बनाउने प्रयास भइरहेको बताए।
वुद्धिजिवी परिषद् सप्तरीले सोमबार राजविराजमा आयोजना गरेको ‘होलीको शुभकामना, बधाइ तथा सम्मान कार्यक्रम’ मा मण्डलेले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धन सरकारमा सहभागी हुने सम्भावना रहेको बताए।
‘सबै पार्टीको सहमति र सहकार्यबाटै विकास र समृद्धि सम्भव छ,’ मण्डलले भने, ‘त्यसको प्रारुपहरु सुरु भएका छन्, सम्भवतः हामी पनि सरकारमा सहभागी हुनसक्छौं।’
सहमति र सहकार्यको थालनि वाम गठबन्धनबाटै सुरु भएको जनाउँदै मण्डले भने, ‘हामीले सरकारलाई विस्वासको मत पनि दिएका छौं।’
राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश २ मा वाम गठबन्धनसहितको सरकार गठनका लागि प्रयास भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।