काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीका रुपमा नयाँ सरकारमा युवराज खतिवडालाई ल्याउने तयारी गरेका छन्। अर्थविदका रुपमा एमालेलाई सघाउँदै आएका खतिवडालाई प्रधानमन्त्री ओलीले अर्थमन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेको पूर्व गभर्नर खतिवडालाई नयाँ सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गरेको छ। नेपाल लाईभसँग कुरा गर्दै खतिवडाले आफूलाई तयारी अवस्थामा राष्ट्रपति कार्यालय आउने सूचना आएको भन्दै जिम्मेवारीको विषय भने थाहा नभएको बताए।
एमाले निकट एक नेताका अनुसार विज्ञता अनुसार नै खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताएका छन्।
एमालेले आजै अन्य केही मन्त्रीलाई सपथ खुवाउने तयारी गरेको छ। आकांक्षीहरु धेरै हुँदा मन्त्रीमण्डलले आज पूर्णता भने पाउनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।