• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नरसंहार चलिरहँदा अमेरिका के चाहन्छ सिरियामा?

64x64
नेपाल लाइभ सोमबार, फागुन १४, २०७४  १४:१६
1140x725

डेनभर, संयुक्त राज्य अमेरिका– सिरियाको अवस्थामा देखिएको जटिलताले यहाँको संकट समाधान गर्ने विश्व क्षमतालाई निकै पछि पारेको छ । बढ्दो सङ्ख्यामा रहेका खेलाडीहरूका कारण छिटोछिटो परिवर्तन हुने गतिविधि र निरन्तर परिवर्तन भइरहने युद्धपङ्क्तिले सिरियालाई नराम्रो दलदलमा पारेको छ। 

छ महिना पहिले सिरिया द्वन्द्वमा दुई प्रष्ट प्रवृति रहेको थियो । रसिया, इरान, र हेजबुल्लाह समूहको सहयोगप्राप्त राष्ट्रपति बसर अल–असदपक्ष विजयको बाटोमा अघि बढेको थियो । त्यसैगरी इस्लामिक स्टेट्स (आइएसआइएस) समूह अमेरिकी नेतृत्वको गठबन्धनबाट पराजित हुने अवस्थामा पुगेको थियो। 

तर आज आइएसआइएस विरुद्धको सफल अभियान कमजोर बनेको छ । सयौँ हजार सिरियालीले ज्यान गुमाइसक्दा पनि भयङ्करको सिरियाली द्वन्द्व समाधानको प्रष्ट आधार अझ कतै देखिएको पाइदैन। 

यदि भएको छ त विश्व अझ द्वन्द्वको धारमा जकडिएको छ । पछिल्ला हप्ताहरूमा इरानलाई सिरियामा उपस्थिति जनाउन नदिन इजरायल दक्षिणी सिरियामा इरानी सेनासँग भिडेको छ । टर्कीले पनि सिरियाली कुर्दविरुद्ध शसक्त अभियान शुरु गरेको छ । टर्कीले आफ्नो देशको कुर्द समुदायसँग सिरियाली कुर्द रहेको उत्तरपश्चिमी प्रान्त अफ्रिनबाट हटाउने विश्वासका साथ अभियान थालेको पाइन्छ। 

सिरियाली राष्ट्रपति असदले अफ्रिन क्षेत्रलाई सिरियाली कुर्दको जिम्मा लगाउन तयार भएको सङ्केत देखाएका छन् । तर टर्कीले भने आफ्नो सीमानामा कुर्दिसहरूको स्वायत्त क्षेत्र बनाउन नदिन लागिपरेको छ। 

अमेरिकाले पनि तथाकथित सिरियाली प्रजातान्त्रिक शक्ति ९एसडिएफ०को आह्वानमा सुन्नी अरब लडाकू विरुद्ध विगत ६ बर्षदेखि लड्दै आएको छ । सुरुसुरुमा स्वतन्त्र सिरियाली सेनाको रूपमा एसडिएफको स्थापना भएको हो । एसडिएफका केही समूह सिरियामा प्रभावशाली पनि देखिएका छन्। उनीहरूले सिरियाली कुर्दिस समुदायको सहयोगमा आइएसआइएसविरुद्ध सङ्घर्ष गरिरहेका छन् । तर उनीहरू सिरियाली राष्ट्रपति असदका कारण मात्र नभै रसिया र इरानबाट सहयोग प्राप्त विभिन्न सिया लडाकूबाट निशाना बनेका छन्। 

अमेरिकाले आइएसआइएसलाई पराजित गर्ने दिशामा सही रहेको थियो । अहिले सिरियामा सङ्घर्षरत आफ्ना सहयोगीको अस्तित्वका लागि अझ फराकिलो लक्ष्य अमेरिकाको लागि रहेको छ । यसले रसियासहितका अन्य शक्तिसँग समेत द्वन्द्व बढाएको छ । हालैका केही हवाई हमलामा अमेरिकाले दर्जर्नौ रसियाली नेतृत्वको सैन्य फौजका सदस्यलाई मारिदिएको छ। 

अमेरिका र यसका यूरोपेली सहयोगीले उनीहरूको उत्तर एटलान्टिक सन्धिसंगठन (नेटो) सहयोगी टर्की विरुद्ध कडा बन्न चाहिरहेका छैनन् र उनीहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोवानलाई सन्तुलित बन्न मात्र आग्रह गरिरहेका छन् । अमेरिकाको केही अन्य उपायमध्ये एउटा कुटनीतिक अस्त्र हो र यसले सबैविरुद्ध युद्धको सरगर्मीका समय विरलै काम गर्ने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक टर्कीले आफ्ना नेटो सहयोगीले के चाहन्छन् त्यसो गर्ने कुरामा खासै चासो देखाएको पाइदैन । यसले फेरि एक पटक नयाँ पुस्ताको रसियाली एस–४०० (विमान आक्रमण) गर्नसक्ने हतियार किनेर नेटोका अन्य सदस्यलाई टर्कीसँगको सम्बन्धमा सोच्न वाध्य बनाएको छ। 

सिरिया द्वन्द्वका बिषयमा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसविरुद्ध निरन्तर पिछा गर्ने नीतिको आगामी दिनमा इतिहासविद्ले प्रशंसा गर्नसक्लान् तर अमेरिकाले सिरियामा शसक्त युद्ध नलडेकोमा भने उनीहरूलाई दोषी मान्नेछन्। 

अहिले यो प्रष्ट भइसकेको छ कि ओबामा प्रशासनले सिरियाली राष्ट्रपति असदलाई पदबाट हटाउने भनी सन् २०११ मा निर्णय लिँदा पछि के पर्ला भन्ने बिषयमा नसोची कहिलेका लागि के कुराको सम्झौता ग¥यो यसमा पक्कै कमजोरी भएको छ । उक्त बर्षमा सिरियाका लागि अमेरिकी राजदूत रवर्ट एस फोर्डलाई वर्तमान् सिरियाली राष्ट्रपति असदका पिताले ३० बर्ष पहिले ठूलो नरसंहार गर्न आदेश दिएको सुन्नीहरूको प्रभावक्षेत्र मानिने हामा शहर पठाइयो। 

त्यसवेला अमेरिकी विदेश विभागले भ्रमणको उद्देश्य “उक्त स्थानका सिरियाली नागरिकलाई शान्तिपूर्णरूपमा भेला हुन र उनीहरूको अधिकारका लागि सहयोग गर्नु” भएको बताएको थियो । आफ्ना पिताले जस्तै राष्ट्रपति असदले पनि जनआन्दोलनलाई हिंसाको वलमा दवाउने छन् भन्ने के तत्कालिन ओबामा प्रशासनले पूर्वानुमान गर्न सकेन?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सात बर्ष पहिले अमेरिकाले जब वर्तमान् राष्ट्रपति असदविरुद्ध हामामा प्रस्तुत भयो यसले सिरियामा आफ्नो राष्ट्रिय चासोको बिषयलाई उठाएको थियो तर टर्की, रसिया, इरान तथा इजरायलजस्ता मुख्य खेलाडीको चासोलाई वेवास्ता गरेको थियो । अब अहिले उक्त स्थानमा अमेरिका कुनै निदिष्ट उद्देश्यविना नै पनि अमेरिका–रसियाबीच अप्रत्यक्ष युद्ध हुने खतरा पूर्णरूपमा देखिएको छ। 

अहिलेसम्म ट्रम्प प्रशासनले सिरियाली नागरिकबीचको द्वन्द्वका कारण हुने मानवीय क्षति रोक्ने काममा अग्रसर भएको छैन । तर सम्भवत सम्पूर्ण मध्यपूर्वी क्षेत्रमा सुरक्षा खतरा र द्वन्द्व बढे समाधानका लागि केही न केही गर्नेछ। 

यदि प्रशासनले नेतृत्व लिन चाहेमा यसले उक्त क्षेत्रका शक्तिराष्ट्रसँग विचार विमर्श गरी उनीहरूको चासोको बिषयलाई बुझ्ने र उनीहरूलाई मिलाउन सकिन्छ सकिदैन निश्चित गर्नु आवश्यक छ। 

विदेशमन्त्री टिलरसनले त्यसै गर्ने प्रयास गरेको हुनुपर्छ । तर क्षेत्रीय शक्तिले सिरियामा के चाहन्छन सोध्नुपूर्व ट्रम्प प्रशासनले यही प्रश्न आँफैलाई पनि सोध्नु जरूरी छ। 

सात बर्षको रक्तपातपूर्ण युद्धपछि पनि सिरियाली द्वन्द्वको व्यवहारिक समाधान निकै जटिल महसुस गरिएको छ । यसको तत्काल समाधान असम्भव देखिएकोे छ । अमेरिकाले लामो समयदेखि सिरियामा राख्दै आएको चासोबारे स्पष्ट पार्न असफल देखिएको छ। मध्यपूर्वले पनि यस बिषयलाई सहज बनाउन सकेको छैन। 

लेखक एसियाका लागि अमेरिकी पूर्व सहायक विदेशमन्त्री, इराक, दक्षिण कोरिया, मेसेडोनिया र पोल्याण्डका लागि अमेरिकी राजदूत, कोसोभोका लागि पूर्व विशेष प्रतिनिधि, डायटन शान्ति सम्झौता, तथा सन् २००५–२००९सम्म उत्तर कोरियाका लागि प्रमुख अमेरिकी मध्यस्तकर्ता छन्। उनी डेनभर विश्वविद्यालयका कुटनीतिक अभ्यास बिषयका प्राध्यापक तथा आउटपोष्टका लेखकसमेत हुन्।

अनुवाद– दिलीप शर्मा 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्