काठमाडौं- पुतलीसडकस्थित सेयर मार्केटमा सोमबार भएको आगलागीमा एनआइसी एजुकेसन कन्सल्टेन्सीको अफिस लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
बिहान करिब १० बजेतिर मार्केट भवनको पाँचौं तलाबाट आगो सुरु भएको हो। किचनबाट सल्किएको आगोले भवनमै रहेको कन्सल्टेन्सी कार्यालयका सबै सामान नष्ट भएको हो।
वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा केहीबेरको प्रयासछि आगो नियन्त्रणमा लिइएको थियो।
तस्बिरहरु-





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।