काठमाडौं- सामसङले नेपाली ग्राहकहरुलाई ‘कुकिङ क्लास’ दिएको छ। सामसङको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्सले नेपाली ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरेको हो।
कुकिङ तालिम मनकामना इलेक्ट्रोनिक्स हाउस नेपालगञ्ज र दिनेश ट्रेडिङ हाउस धनगढीमा सम्पन्न भएको हो। कार्यक्रम फागुन १० मा नेपालगञ्ज र फागुन १२ मा धनगढीमा आयोजना गरिएको थियो।
ग्राहकहरुलाई सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गरेर खानाको परिकार बनाउन सिकाउन तालिम आयोजना गरेको कम्पनीले बताएको छ।
माइक्रोवेभ ‘कुकिङ क्लास’ तालिममा सहभागीहरूले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाउ, मटर–पनिर, ग्रिल्ड चिकेन, पिज्जा, केक र अन्य परिकारहरू पकाउने प्रशिक्षण लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।