एजेन्सी– बलिउड सुपरस्टार श्रीदेवीको आज मुम्बईमा राजकीय सम्मानका साथ अन्तिम संस्कार हुने भएको छ। श्रीदेवीको निधन दुबईको इमिरेट्स होटलमा भएको थियो। दुबईको कानून अनुसार कसैको निधन अस्पताल बाहीर भएमा त्यसको रिर्पोट तयार हुन २४ घण्टाभन्दा बढी लाग्छ। श्रीदेवीको निधन पनि अस्पताल बाहीर भएको हुनाले त्यहाँको कानून अनुसार उनकाे शव भारत ल्याउन समय लागेको बताइएको छ। श्रीदेवीको पार्थिव शरीर ल्याउन भारतीय उद्योगपति अनिल अम्बानीको निजी बिमान दुबई पुगिसेको छ। बलिउडका अधिकांश कलाकार अहिले बोनी कपुरको घरमा पुगिसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।