काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि अनसनत डा गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गरेको छ।
विगत सात दिन दिन देखि डडेल्धुरामा डा केसी अनसन बसिरहेका छन्।
नीजि घरबाट डडेल्धुरा अस्पताल सारिएका डा केसीको व्लड प्रेसर घट्न लागेको,मुटुको चालमा वृद्धि भई समस्या देखिएको,रगतमा अक्सिजनको मात्रा घटेको,मृगौलामा समस्या देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ।
शारीरिक अवस्था बिग्रँदै गएको र अस्पतालमा थप भौतिक सुविधा नभएको भन्दै स्थानान्तरण गर्न आवश्यक भएको अस्पतालले जनाएको छ।
‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई दृष्टिगत गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको’ अस्पतालको विज्ञप्तिमा उल्लेख छ।
केसीको स्वास्थ्य जटिल बन्दै गएकाले अस्पतालले क्षमता भन्दा बाहिर गएको परिस्थितिलाई व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।