• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फरार मन्त्री पक्राउ गर्न पठाएको पत्र नै 'फरार'

प्रहरी भन्छ- पक्राउ गर्न पत्र आएकै छैन, अदालत भन्छ- प्रहरीमा पत्राचार गरिसकेका छौं
64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १६:०२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलका विषयमा प्रहरी र अदालतकै कुरा बाझिएको छ। रावललाई पक्राउ गर्ने सम्बन्धमा अदालतका कुनै पत्र नै नआएको प्रहरीले बताएको छ भने अदालतले भने पक्राउ पुर्जी जारी भइसकेको बताएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले प्रदेशका पर्यटन राज्यमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रावलसहित ३६ जनाविरुद्ध अदालतमा उजुरी परेको जानकारी पाएको तर पक्राउ गर्न अदालतबाट कुनै पत्र नआएको बताए। उनले भने, ‘अदालतमा उजुरी परेको छ। तर पक्राउ गर भनेर कुनै पत्र आएको छैन।’ उनले अदालतले पनि स्वयम् पक्राउ गरेर उपस्थित गराउन सक्ने बताए।

उता जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने प्रहरीमा पत्राचार गरिसकेको बताएका छन्। ‘अदालतमा उपस्थित भएका अधिकांशलाई धरौटीमा र केही साधारण तारेखमा छुटेका छन्,’ अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने, ‘हाजिर नभएकालाई अदालत उपस्थित गराउन भनी प्रहरीमा पत्राचार गरेका छौं।’ यसरी फरार मन्त्री पक्राउ गर्ने पत्र नै फरार भएको देखिएको छ।

मुद्दा दर्ता भएको तीन महिना पुग्नै लाग्दा समेत उनी अदालतमा हाजिर भएका छैनन्। कञ्चनपुर जिल्ला अदालतका अनुसार मुद्दा दर्ता भएको सात/आठ दिनमै पक्राउ पुर्जी जारी गरिएको थियो। ‘पक्राउ पुर्जी जारी भएको महिनौ पुग्दा समेत उनीसहित अधिकांश व्यक्तिहरु अदालतमा उपस्थिति भएका छैनन्,’ अदालत स्रोतले भन्यो, 'अदालतमा भोलानाथ शर्मा, नवराज जोशीसहित १२ जना अदालतमा उपस्थित भइसकेका छन्। 

उता राज्यमन्त्री रावलले भने आइतबार नै पदबाट राजीनामा दिएका छन्। राज्यमन्त्री रावलले आफूसहित ३६ जनाविरुद्ध परेको उजुरीमा छानबिन गर्न सहज होस् भनेर मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन्। राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जनज्योती बहुमुखी क्याम्पसको शेयरमा ठगी तथा कागज कीर्ते गरेको आरोपसहित साउन ७ गते जिल्ला अदालत कञ्चनपुरमा अदालतमा उजुरी दर्ता भएको थियो। विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि दबाबमा आएर उनले राजीनामा दिएको स्रोतले जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकममा ठगी र कागज कीर्ते गरेको सो आरोपपत्रमा उल्लेख छ। भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता गराएका थिए।

मुद्दा परेका पर्यटन राज्यमन्त्री प्रकाश रावल, क्याम्पस प्रमुख भोलानाथ शर्मा लगायतका २९ जना क्याम्पसका लगानीकर्ता हुन् भने अन्य सात जना अडिटर, वकिललगायत रहेका छन्। 

रावल भन्छन्- अदालतमा उपस्थित हुनै पर्‍यो
राजीनामा दिनुअघि नेपाल लाइभसँगको कुराकानीमा राज्यमन्त्री रावलले अदालतमा हाजिर हुने प्रतिक्रिया दिएका छन्। ‘मलाई जानकारी नै नगराई म विरुद्ध झुठो उजुरी दर्ता गरियो,’ उनले भने, ‘अदालतमा मुद्दा दर्ता भएपछि उपस्थित त हुनै पर्‍यो।’ आफूले अहिलेसम्म अदालतबाट उपस्थित हुनका लागि कुनै पनि पत्र नपाएको उनको दाबी छ। 

‘मलाई उपस्थित हुन भनेर अदालतबाट अहिलेसम्म कुनै पनि पत्र आएको छैन। तर, सञ्चारमाध्यममा म फरार रहेको भनेर सूचना संप्रेषण भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्