• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
बाबरी मस्जिद- राम मन्दिर विवाद : भारतीय सर्वाेच्च अदालतले अन्तिम फैसला सुनाउँदै , सुल्झेला त १ सय ३४ वर्षे विवाद? ४० वर्षे अदालती यात्रामा विश्राम हाेला त?
64x64
दुर्गा दुलाल शनिबार, कात्तिक २३, २०७६  ०७:१२
1140x725

नयाँ दिल्ली- राम जन्मभूमि–बाबरी मस्जिद विवादको ४० दिनसम्मकाे लगातार सुनुवाइ १६ अक्टोबरमा सकिएकाे थियाे। यही विवादमा सम्भवत: आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने छ। याे फैसलापछि भारतीय इतिहासकाे लामाे हिस्सासम्म विवादमा रहेकाे याे मुद्दा  किनारा तर्फ लाग्ने छ।

सर्वोच्चले आजको सुनुवाइपछि फैसला सुनाउने छ तर यसले देखाउने राजनीतिक र सामाजिक प्रभाव भने केही दिनमा देख्न पाइने छ। प्रधानन्यायाधीश रञ्जन गोगाई यही नोभेम्बर १७ मा अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि नै यसमा फैसला सुनाउनुपर्ने थियाे।

भारतीय सर्वोच्च अदालतले लगातार यो मुद्दाको सुनुवाइ गर्दै फैसला गर्न बाँकी राखेकाे थियाे।  प्रधानन्यायाधीश गोगोई संलग्न भएको इजलासमा न्यायाधीश एसए बोबडे, डिआइ चन्द्रचुड, अशोक भुषण र एसए नजीर सहभागी छन्। यो इजलासमा मुद्दाको सुनुवाइ २२औं दिनमा चलिरहेको छ।

२.७७ एक्कड जमिनको विवादमा ७० वर्षदेखि एकपछि अर्को अदालतमा मुद्दा चलिरहेको छ।

पछिल्लो पटक सेप्टेम्बर ३०, २०१० मा यस विवादमा फैसला आएको थियो। इलाहाबाद हाइकोर्टले विवादित जमिन तीन भागमा विभाजन हुने फैसला सुनाएको थियो।

उक्त फैसलाविरुद्ध हिन्दु र मुस्लिम पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए। उक्त निवेदनमा सर्वोच्चले मध्यस्थताबाट टुंग्याउने प्रयास पनि गरेको थियो। धार्मिक गुरु श्री रविशंकरको नेतृत्वमा गठन भएको मध्यस्थता समितिले विवाद समाधान गर्न नसकेपछि सर्वोच्चमा फेरि यसको सुनुवाइ सुरु भएको थियो।

किन ३ सय वर्ष?  
३ सय वर्ष पहिले उक्त क्षेत्रमा हिन्दुहरूका पूज्य देवता भगवान् रामको मन्दिर थियो कि थिएन र उक्त मन्दिर भत्काएर मस्जिद निर्माण भएको हो वा होइन भन्नेमै बहस घुमिरहेको छ। सत्ता परिर्वतन र हरेक आम निर्वाचनको समयमा यस मुद्दाले दलको एजेन्डामा प्रवेश पाउने गरेको छ।

Ncell 2
Ncell 2

तर, समाधान आजसम्म निस्कन सकेको छैन। भारतीय अदालतले यो विवादबारे मंगलबारबाट अन्तिम फैसला सुनाउनका लागि सुनुवाइ गर्ने तय भएको थियो।

सर्वोच्चका प्रधानन्यायाधीश गोगोई र न्यायाधीद्वय संजयकिशन कौल र केएम जोसेफको इजलासले कात्तिकमा आजका लागि इजलास तोकेको थियो।

यसरी सुरु भयो विवाद 
राम मन्दिर र बाबरी मस्जिद विवादको सुरुवात २२–२३ डिसेम्बर १९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको मानिन्छ।  सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा पहिलेदेखि कायम रहेको राम चबुतरेमा पुनः लैजाने वा अहिले जुन स्थानमा भेटिएको छ।

त्यहीँ पूजा गर्ने भन्ने थियो। तर ६० साल लामो यो लडाइँ अहिले पनि यही विवादकै घेरामा घुमेको छ। ६ दशकको अदालती प्रक्रियामा विवादित मस्जिद हिन्दु मन्दिर भत्काएर बनाइएको थियो? के यो रामको जन्मभूमि थियो? यही विवाद अहिले पनि कायमै छ। 

यस विवादमा किनारा गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा भनेको यो मस्जिद कहिले र कसले निर्माण गरेको टुंगो लगाउनु पनि हो। यो मस्जिद बाबर अर्थात् मीर बाँकीले बनाएकै हुन् त? भन्ने हो।

सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा राखी रामको नियमित पूजा–आरधना हुनुपर्ने थियो। तर, त्यसमा सहमत हुन नसकेपछि यो विवाद कायमै रहेको हो। यो मामलामा केही कानुनी प्रश्न समेत देखिएका छन्।

के यो जसले दाबी गरेको छ, उनीहरूको मात्र हकभित्र पर्ने हो वा नपर्ने हो, त्यसको किनारा अब आउने फैसलाले गर्नुपर्नेछ। अदालतले यो प्रश्नसमेत सुल्झाउनुपर्नेछ, सवा सय सालदेखिको यो विवाद के अब अन्त्य हुन्छ त? 

१८८५/८६ मे महिनामा जारी भएको अदालतको आदेशलाई हालसम्म यसको आधार मानिएको छ। उक्त समयमा हिन्दुको पञ्चायती संस्था निर्मोही अखाडाले राम चबुतरे मन्दिर बनाएको दाबी गरिएको थियो। यो दाबीलाई अदालतले साम्प्रदायिक हिंसा कायम राख्ने तर्क भन्दै मान्न अस्वीकार गरेको थियो।

‘हिन्दुहरूको पवित्र स्थलमा मस्जिद निर्माण हुनु दुःखद हो तर अब इतिहासमा भएको गल्तीको साढे ३  सय वर्षपछि विवाद गर्नु ठिक होइन र अहिले आएर त्यसलाई ठीक गर्नसमेत सकिंदैन,’ उक्त समयमा अदालतले भनेको थियो।

यो समस्या समाधान गर्न सरकारले अनेकौं पटक दुई पक्षका बीचमा वार्तासमेत गराएको थियो। तर ती वार्ता सफल हुन सकेनन्।  सर्वोच्च अदालतले १९९४ मे महिनामा यस विषयमा आफ्नो राय दिन अस्वीकार गरेको थियो। उक्त समय सर्वोच्चले अदालत मस्जिद भत्काएर मन्दिर बनाउनुपर्छ भन्ने निकाय नभएको तर्क गरिएको थियो। 

अदालतले अहिले पुरातत्वविद्सँग मिलेर उक्त क्षेत्रको उत्खननसमेत गराएको छ। यसबाट उक्त क्षेत्रको मुनि मन्दिर जस्तै विशाल वस्तु भेटिएको थियो। एक शिव मन्दिर र केही मूर्तिहरुका अवशेषसमेत भेटिएका थिए। यसले यो मुद्दालाई झन् पेचिलो बनायो।

अदालतको यो कार्यपछि मुस्लिम पक्षले भारतीय पुरातत्व सर्वेक्षण विभागको प्रतिवेदनमा समेत आपत्ति प्रकट गरेको थियो। तर हिन्दु पक्षले भने आफूहरुले गरेको दाबी पुष्टिको प्रमाण भएको दाबी गरेका थिए।  हाल अदालतमा चार वटा निवेदन विचाराधीन रहेका छन्। जसमा तीन थान हिन्दु र एक थान मुस्लिम पक्षले हालेको निवेदन रहेको छ।

पक्ष/विपक्षमा हेर्ने हो भने कुल ३० पक्षधर यो मुद्दामा रहेका छन्। हालसम्म सरकारले राम मन्दिरको पक्ष लिएको आरोप लाग्दै आएको छ।

हिन्दु धर्मलाई आधार मानेर निर्माण भएको पार्टी र नेता भएको दावी गर्दै सरकारमाथि यस्तो आरोप लागेको हो। तर सरकारी पक्षले अदालतमा बहसका क्रममा २२/२३ डिसेम्बर १९४९ देखि मस्जिदको रुपमा प्रयोग हुँदै आएको छ। यसअघि के थियो त्यो पुरातत्वको खोजी हुनु पर्दछ।

इमारतका तत्कालीन नगरपालिका अध्यक्ष प्रिया दत्त रामलाई उक्त मूर्तिको पूजा गर्ने अधिकार दिइएको थियो। तत्कालीन जिल्ला मजिस्ट्रेट केके नैयरको आरोप लाग्ने गरेको छ, जसले मस्जिदभित्र मूर्ति राख्यो उनी पनि उनीहरुकै पक्षमा लागेका थिए। तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उक्त मूर्ति हटाउनका लागि निर्देशन दिंदासमेत उनले तत्कालीन समयमा अस्वीकार गरेका थिए।

१६ जनवरी १९५० मा हिन्दुहरुको महासभामा एक कार्यकर्ता गोपालसिंह विशारदले सिभिल कोर्टमा निवेदन दिँदै उक्त क्षेत्रबाट मूर्ति हटाउन नमिल्ने र एक राम भक्तको रुपमा उनलाई पूजा-अर्चना गर्ने व्यवस्था मिलाउन आदेश दिन माग गरेका थिए। सिभिल कोर्टले पूजाका लागि पुजारी राख्नसक्ने व्यवस्था गर्न भन्यो। तर सरकारलाई जानकारी भने दिइएन। 

१९५९ मा हिन्दुहरुको पंचायती संस्था निर्मोही अखडाले अदालतमा तेस्रो निवेदन दायर गर्‍यो। निवेदनमा– उक्त स्थान सदियौंदेखि रामको जन्मस्थान मन्दिर रहेको थियो, त्यसैले यो निर्मोही अखडाको सम्पत्ति हो। त्यसबाट अन्य पुजारी हटाएर उसले जिम्मेवारी पाउनुपर्ने देखिन्छ।

मन्दिरलाई विभिन्न समयमा तोड्ने प्रयास भएको तर सफल भएका थिएनन्। हिन्दुहरुले नै सधैं उक्त स्थानमा पूजा गर्दै आएका थिए। १९३४ को दंगापछि मुसलमान उक्त क्षेत्रमा जान छोडेको र नमाज पढ्नसमेत छोडेकोले हिन्दुहरुको दावा पर्याप्त भएको जिकिर गरिएको थियो।

त्यसको दुई वर्षपछि सुन्नी बक्फ बोर्ड र स्थानीय मुसलमानले चौथो निवेदन दायर गर्‍यो। त्यसमा बादशाह बाबरले १५२८ मईमा मस्जिद बनाएको र २२/२३ डिसेम्बर १९४९ सम्म मस्जिदकै रुपमा प्रयोग हुँदै आएको थियो भन्ने मुस्लिम पक्षको तर्क थियो। 

निर्मोही अखडाले १८८५ मा दर्ता गरेको निवेदनमा राम चबतरे मात्र दाबी गरेका थिए। तर अहिले पूरै मस्जिदमाथि उनीहरुले दावी गर्नु गलत रहेको छ। मुस्लिम पक्षले राम चबुतरेमा हिन्दुहरूले कब्जा गरेको भने स्वीकार गरेका थिए।

मुस्लिम पक्षको तर्क र हिन्दुहरुको तर्कमा यो सहमत भएका छन् कि रामको जन्मभूमि अयोध्या नगर नै हो। तर बाबरले जुन स्थानमा मस्जिद बनाएका थिए, उक्त क्षेत्र खुला चौर रहेको थियो।

करिब चार दशक यो मुद्दा अयोध्यादेखि लखनउसम्म सीमित रहेको थियो। तर १९८४ मा रामको जन्मभूमि मुक्ति यज्ञ समितिले विश्व हिन्दु परिषद् र राष्ट्रिय स्वयंसेवक संघको सहयोगमा जन्मुभूमिको ताला खोल्ने अभियान सञ्चालन गरेपछि यसले राष्ट्रिय विवादको रुप लिएको थियो।

यस समितिका अध्यक्ष गोरक्ष हिन्दु महासभा नेता महन्थ अवैद्ध नाथ र महामन्त्री कांग्रेस नेता दाउ दयाल खन्ना सहभागी भएका थिए। १९८६ फेब्रुअरीमा तत्कालीन जिल्ला न्यायाधीश केएम पाण्डेले विवादित परिसरको ताला खोल्नसमेत आदेश दिएका थिए।

एक बकिलले दायर गरेको निवेदनमा एकतर्फी रुपमा यस्तो आदेश जारी भएपछि मुस्लिमहरूले कडा आपत्ति जनाएका थिए। यसको प्रतिरोधस्वरुप १९८६ फरबरीमा बाबरी मस्जिद संघर्ष समिति गठन गरी हिन्दुझैं आन्दोलनमा उत्रने निर्णय गरे।

उनीहरूले अदालतमा समेत निवेदन दायर गरेका थिए। यो घटनाको अर्को मोड १९८९ को आम चुनावसमेत हो। निर्वाचनभन्दा पहिले विश्व हिन्दु परिषद्का एक नेता तथा पूर्व न्यायाधीश देवकीनन्दन अग्रवालले पनि अदालतमा निवेदन दायर गरे। 

उनले गरेको दावी स्वीकार गर्दै १९४९ डिसेम्बर २३ मा राम चबुतरेको मूर्ति मस्जिदभित्र राखियो तर रामको जन्मस्थान र उनी दुवै पुज्य हुन्। यसमा बाबरले एक पुरानो हिन्दु मन्दिर तोडेर मस्जिद बनाएकै हुन्। यसको पुष्टिका लागि दर्जनौं इतिहासकारका प्रकाशन, राजपत्र र पुरातात्विक वस्तुहरु पेश गरियो। 

स्मरणीय होस्, १९८९ मा तत्कालीन नेता राजीव गान्धीले चुनाव अभियानको सुरुवात फैजाबादको जनसभाबाट गर्दा राम राज्य स्थापना हुने नारा लगाएका थिए। चुनावभन्दा पहिला उक्त विवादित क्षेत्रभन्दा दुई सय फिट दूरीमा राम मन्दिरको शिलान्याससमेत गरिएको थियो।

जसले गर्दा कांग्रेसप्रति मुसलमान भोटरहरू रिसाएका थिए। विश्व हिन्दु परिषद्ले १९८९ मा शिलान्यास पहिला अदालतले जारी गरेको आदेश पालना हुनुपर्ने माग गरेको थियो। उक्त क्षेत्रका सांसदले भने कानुन निर्माण गरेर अदालतको फैसला पालना हुने भनेका थिए। अदालतले हिन्दुहरुको पक्षमा फैसला सुनाएको थियो। 

हिन्दुहरुको यो लडाइँ भए पनि निर्मोही अखडा र विश्व हिन्दु परिषद् आपसमै अदालतको लडाइँमा प्रतिस्पर्धी रहेका थिए। जगदगुरू स्वामी स्वरुपानन्दको नेतृत्वमा राम जन्मभूमि पुनः उद्धार समिति १९८९ मा विपक्षी बनेको थियो।

हिन्दुहरूको अन्य दुई संस्थाहरू हिन्दु महासभा र आर्य प्रादेशिक सभाले पनि उक्त क्षेत्रमा राम मन्दिर नै भएको तर्क गर्दै आएको थियो। सुरुमा यस विवादमा २३ प्लट समावेश भएको थियो।

तर ६ डिसेम्बरमा विवादित मस्जिद ध्वस्त भएपछि १९९३ मा केन्द्र सरकारले समाधानका लागि विकल्पसमेत निकालेको थियो। उक्त क्षेत्रमा मन्दिर र मस्जिद दुवै निर्माण गर्ने विकल्प केन्द्र सरकारले अघि सारेको थियो। मस्जित ७० एकड जमिनमा फैलने र बाँकी मन्दिर हुने भनिएको थियो।

यसरी जमिन अधिग्रहणसमेत सरकारले सुरु गरेको थियो। फेरि उक्त विवाद अदालत पुग्यो। अदालतले जग्गा अधिग्रहण गर्ने कार्य कानुनसम्मत भएको भन्दै १९९४ मा उच्च अदालतलाई केवल उक्त क्षेत्रका मस्जिद थियो कि थिएन।

तर उक्त मुद्दामा यसै सहज रुपमा समाप्त गर्न करौडौं हिन्दु र मुसलमानहरु आस्थाका कारण तयार नहुदाँ यो मुद्दा यहीँ अड्केको छ।

बिबिसी हिन्दी लगायत अन्य एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे सामग्री

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
गत वर्ष ट्रम्पमाथि गोली प्रहार भएको घटनामा सेक्रेट सर्भिसका छ जना १० देखि ४२ दिनसम्म निलम्बित सो हमलामा ट्रम्पले टाउको चलाएका कारण गोली टाउकोमा नलागेर दाहिने कानमा छोएर गएको थियो। त्यतिबेला उनलाई जोगाएका एजेन्ट सन करेनलाई ट्रम... बिहीबार, असार २६, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर... बुधबार, असार २५, २०८२
अर्मेनिया र अजरबैजानबीच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ता हुने बाकु र येरेभानले विवादित काराबाख क्षेत्रमा दुई युद्ध लडेका थिए, जसलाई अजरबैजानले सन् २०२३ मा अर्मेनियाली सेनाबाट पुनः कब्जा गरेको थि... बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
यस्तो छ  आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ) शुक्रबार, असार २७, २०८२
बैंकहरुमा राष्ट्रिय परिचयपत्र मार्फत केवाईसी संकलन हुने शुक्रबार, असार २७, २०८२
मौद्रिक नीति :विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्