• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २१, २०८२  १५:००
1140x725

सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। 

प्योङयाङले पछिल्ला महिनाहरूमा हतियार परीक्षणको गति तीव्र पार्दै आएको बेला यो नयाँ प्रक्षेपण भएको हो। 

वासिङ्टन र सियोलसँगको वार्ता लामो समयदेखि अवरुद्ध रहँदा उत्तर कोरियाको यस्तो गतिविधिले क्षेत्रीय तनाव पुनः बढाएको देखिन्छ।

दक्षिण कोरियाका संयुक्त प्रमुख सेनानी (ज्वाइन्ट चिफ्स अफ स्टाफ) का अनुसार उक्त क्षेप्यास्त्रको प्रकार, दायरा वा उडान दूरीबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

गत महिनादेखि उत्तर कोरियाले आफ्नो हतियार परीक्षणलाई निरन्तरता दिँदै आएको छ। यस अवधिमा प्योङयाङले हाइपरसोनिक र क्रुज मिसाइलहरू फायर गरेको थियो र ती परीक्षणहरूलाई आफ्नो आणविक–सशस्त्र सेनाको क्षमता वृद्धिका रूपमा व्याख्या गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसै हप्ता, दक्षिण कोरियाली सेनाले सोमबार उत्तर कोरियाले आफ्नो पश्चिमी समुद्री क्षेत्रमा करिब १० राउन्ड तोप आक्रमण गरेको पत्ता लगाएको जनाएको थियो। सो दिन अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले दक्षिण कोरियाको दुई दिने औपचारिक भ्रमण सुरु गरेका  थिए।

दक्षिण कोरियाको ग्योङ्जु सहरमा यही शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुन लागेको शिखर सम्मेलनअघि उत्तर कोरियाले फेरि समान सङ्ख्यामा आर्टिलरी प्रहार गरेको बताइएको छ। उक्त सम्मेलनमा राष्ट्रपति लीले बेइजिङलाई वासिङ्टन र सियोलसँगको वार्तामा उत्तर कोरियालाई पुनः सहभागी गराउन सक्दो पहल गर्न अनुरोध गरेका थिए।

मङ्गलबार दक्षिण कोरियाली रक्षा अधिकारीहरूसँग सम्पन्न वार्षिक सुरक्षा वार्तापछि अमेरिकी रक्षामन्त्री हेग्सेथले उत्तर कोरियाको बढ्दो आणविक खतरा र क्षेत्रीय अस्थिरताको सामना गर्न दक्षिण कोरियाले आफ्नो सैन्य खर्च विस्तार गर्ने निर्णयको प्रशंसा गरेका थिए।

उत्तर कोरियाली नेता किम जोङ उनले वासिङ्टन र सियोलसँगको कूटनीतिक वार्ता पूर्ण रूपमा तोडेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा प्रतिबन्ध हटाउने विषयमा असहमतिका कारण वार्ता असफल भएपछि किम पुनः वार्तामा फर्किएका छैनन्। त्यसयता उनले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई तीव्र बनाउँदै रुससँगको सम्बन्ध सुदृढ पारेका छन् । उनले रुसलाई हजारौँ सैनिक र ठुलो मात्रामा सैन्य उपकरण पठाएर राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धलाई समर्थन गरेका छन्।

किमको शस्त्रागारमा अहिले एसिया र प्रशान्त क्षेत्रका साथै अमेरिकी मुख्य भूमि लक्षित गर्न सक्ने विभिन्न दायराका आणविक क्षमतायुक्त मिसाइलहरू समावेश छन्। गत महिनाको प्योङयाङमा आयोजित रुस, चीन र भियतनामका वरिष्ठ अधिकारीहरू सहभागी भएको ठुलो सैन्य परेडमा किमले नयाँ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहित शक्तिशाली हतियारहरू प्रदर्शन गरेका थिए, जुन परीक्षणको तयारीमा रहेको अनुमान गरिएको छ।

किमले कूटनीति पुनः सुरु गर्न अमेरिकासँगको पूर्वसर्त-आणविक हतियार आत्मसमर्पण-त्याग्न आग्रह गरेका छन्। गतहप्ता दक्षिण कोरियामा सम्पन्न एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भेट्ने प्रस्ताव गरेका भए पनि किमले त्यसलाई अस्वीकार गरेका थिए।

यसैबिच उत्तर कोरियाले बिहीबार अमेरिकी प्रशासनले आफ्ना साइबर अपराधहरूलाई लक्षित गरी थप प्रतिबन्ध घोषणा गरेकोप्रति आपत्ति जनाउँदै वासिङ्टनमाथि ‘दुष्ट शत्रुताको नीति’ अपनाएको आरोप लगाएको छ र अनिर्दिष्ट ‘प्रतिकारात्मक कदम’ लिने चेतावनी दिएको छ। केही विश्लेषकहरूले उत्तर कोरियाको यो वक्तव्यले प्योङयाङ तत्काल वासिङ्टनसँग वार्ता पुनः खोल्न इच्छुक नरहेको सङ्केत गरेको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार
सम्बन्धित सामग्री
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान अमेरिकी थिंक ट्यांक फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (FAS) को २०२६ को अनुमानअनुसार भारतसँग हाल करिब १९० परमाणु वारहेड छन्। भारतले आगा... बिहीबार, भदौ २५, २०८३
शेख हसिनाकी छोरीले दिइन् डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट राजीनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी... बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्व... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्