नयाँ दिल्ली– भारतको तेलङ्गना राज्यको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको मृत्यु भएको छ।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो। गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थियो। ठक्कर यति जोडको थियो कि डम्परमा भएको गिट्टी बसका यात्रीमाथि खस्यो।
घटनामा अरू २० जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। बस तन्दुरबाट हैदराबाद गइरहेको थियो। घटनाको समयमा बसमा ७० जनाभन्दा धेरै यात्री सवार थिए।
यी मध्ये अधिकांश कलेजका विद्यार्थी भएको बताइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार डम्पर तेलङ्गना सरकारद्वारा सञ्चालित टीजीएसआरटीसीको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।