काठमाडौं– जग्गाको कमिसनका लागि व्यवसायीको अपहरण गर्ने अभियुक्त पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले सिन्धुपाल्चोकका सुनिल तामाङलाई पक्राउ गरेको हो।
अपहरण मुद्दामा अदालतले उनलाई दोषी ठहर गरी ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजायको फैसला सुनाएको थियो।
उनले २०७० साल बैशाख ३१ गते उनी लगायत व्यक्तिले शिवबहादुर खड्कालाई अपहरण गरी बन्धक बनाएका थिए। जग्गा बेचेर आएको कमिसन नदिएको भन्दै उनीहरुले अपहरण गरेका थिए। तीन दिनपछि प्रहरीले खड्काको उद्धार गरी केही अभियुक्तलाई पक्राउ गरेकोमा तामाङ भने फरार भएका थिए।
पक्राउ परेका अभियुक्तलाई जेल चलान गरिएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।