काठमाडौं- नेपालका ७ वटै प्रदेशमा खाद्यन्न, तरकारी, फलफूल लगायत कृषिजन्य उत्पादनको बीउ प्रशोधन केन्द्र स्थापना गरिने भएको छ।
नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन्।
कृषिजन्य उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण वस्तु बीउ भएकाले बीउको गुणस्तरमा सरकारले ध्यान दिनुपर्नेमा अध्यक्ष पाठकले जोड दिए। पाठकले भने, ‘नेपालमा बीउ उत्पादनका लागि आवश्यक प्रविधि उपलब्ध छैन, आयात गरिएको बीउ प्रशोधन गर्न आवश्यक प्रशोधन केन्द्र नहुँदा समस्या भइरहेको छ।’
बीउ उत्पादन तथा प्रशोधन गर्ने प्रविधिमा नेपाल कमजोर भएकाले नेपालमा कृषिजन्य उत्पादनमा समस्या देखिएको उनको बुझाइ छ।
तीन वटा प्रदेशमा प्रशोधन केन्द्र सञ्चालनका लागि आवश्यक तयारी भइसकेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।