complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जन्मदिनमा धुर्मुसले यसरी सम्झिए ५ खुसी, ५ दुःखका क्षण

64x64
नेपाल लाइभ बुधबार, असोज ४, २०७४  १२:०७
1140x725

काठमाडौं- लोकप्रिय हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन हो। यो नाम पछिल्लो समय समाजसेवाको पर्याय भइसकेको छ। कुनैबेला आफ्नो कला क्षमताले नेपालीलाई हँसाउने उनी अहिले कर्ममार्फत दुःखीपीडितको अनुहारमा हाँसोको रङ भरिरहेका छन्। 

जन्मदिनका अवसरमा पनि उनी अहिले बाढीले दिएको पीडामा मल्हम लगाउन रौतहट पुगेका छन्।

निकै संघर्ष गरेर आफूलाई यो ठाउँसम्म ल्याइपुर्याएका उनले जन्मदिनको अवसरमा नेपाल लाइभका डिबी खड्कालाई जीवनका ५ खुसी र ५ दुःखका क्षण सुनाएका छन्

खुसी नम्बर १
स्वाभाविक रुपमा आज म असाध्यै खुसी छु। म जन्मेको दिन मात्रै नभएर आज मैले अविरल वर्षापछि आएको बाढीका कारण पीडित रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ स्थित सन्तपुरका दलित बस्तीका लागि घर बनाउने काम थालेको छु। २ सय ८० जनाका लागि ४५ वटा आवासीय घरसहितको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण थालिएको हो। वर्षौंदेखि चरम गरिबीको चपेटामा रहेको यस बस्तीलाई बाढीले अझै धेरै दुःख दियो। उहाँहरुको न टाउको लुकाउने ओत छ न खाने टुंगो। मात्र छ, फेरि बाढी आउने पो हो कि भन्ने पीर। बस्तीमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास छ। उहाँहरुको अनुहारमा खुसी ल्याउनु नै मेरो खुसी हो।

खुसी नम्बर २
आज म जे छु, जे गर्दैछु यो मेरो कारणले मात्रै सम्भव भएको होइन। मेरा कदममा कदम मिलाउने जीवनसाथी (कुञ्जना घिमिरे- सुन्तली) पाएको छु। आफ्नै क्षेत्रको र आफूलाई बुझ्ने उनीसँग विवाह हुनु मेरा लागि धेरै ठूलो खुसीको कुरा हो। विवाहको बेला हामीले त्यस्तै १५ सय जनाजति बोलाएका थियौँ। तर, दर्शक धुर्मुस र सुन्तलीको विवाह भन्दै ओइरिए। हाम्रो विवाहमा मान्छे त ८ हजारभन्दा बढी भए। दर्शकको त्यो मायाममता र विवाहमा देखिएको रौनकले सम्झायो काठमाडौँमा संघर्षका क्रममा खेपेका अनेक दुःखदर्द। त्यसपछि बूढी र म खुसीले रातभरि रोयौँ।

२०७० फागुन ३० गते बिहान ७:१५ बजे मेरो जीवनमा खुसी थप्न आइपुगिन् छोरी। म जीवनमा धेरै खुसी भएको क्षण मध्येको एक हो त्यो। त्यो दिन खुसीले धेरै रोएँ। किनभने, १७ सय रुपैयाँ र तन्ना चोरेर काठमाडौँ पसेको मान्छेलाई काठमाडौँले माया गर्ने श्रीमती, बस्ने घर र छोरी दियो। म पूर्ण भएँ भन्ने लागेर असाध्यै खुसी भएको थिएँ त्यो दिन। 

खुसी  ३
काठमाडौंमा संघर्ष गर्दागर्दा म एकदमै फ्रस्ट्रेसनमा गइसकेको थिएँ। यही समयमा मोहन निरौला दाइले परिवर्तन नेपालमा बोलाउनुभयो। सडक नाटक खेल्न अफर गर्नुभयो। नाटक खेलेपछि उहाँले पारिश्रमिक दिनुभयो। त्यो पारिश्रमिक पाउँदा म धेरै रोएको थिएँ। अभिनय देखाएर पहिलोपल्ट पारिश्रमिक पाइएको थियो। त्यसपछि कलाकार खेम शर्मा ‘चतुरे’ले हरेस खानु हुँदैन भनेर ढाडस मात्रै दिनुभएन, अनामनगरको अँध्यारो कोठाबाट उद्धार गरेर बबरमहलमा राम्रो कोठा खोजिदिनुभएको दिन रोएँ। जितु नेपाल दाइले आरआर क्याम्पसमा भेट हुँदा गीताञ्जली नामक सिरियलका लागि स्क्रिप्ट लेख्न दिँदा र अभिनय गर्न पाउँदा असाध्यै खुसी भएँ।

खुसी  ४
भूकम्प आउँदा हामी अमेरिकामा कार्यक्रम गरिरहेका थियौँ। नेपालमा भूकम्प आएपछि सञ्चारमाध्यममा ध्वस्त भएका दृश्य मात्रै देख्यौँ। हाम्रो देश त केही रहेन भनेर कुञ्जना र म निकै रोयौँ। नेपाल फर्किएपछि राहतमा जुट्यौँ। तत्कालीन राहतले मात्रै मन बुझेन। हामीले नमुना बस्ती बनाउने अभियान थाल्यौँ। झन्डै २ महिनाको मेहनतपछि काभ्रेको पलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको ‘धुर्मुस सुन्तली एकीकृत नमुना बस्ती’ हस्तान्तरण गर्न सकियो। २०७२ बैसाख १२ गतेको विनाशकारी भूकम्पपछि पहरी समुदायका अधिकांशको घर ध्वस्त भएका थिए। हामीले बस्ती हस्तान्तरण गर्ने समयमा एक जना बूढी आमैले भन्नुभयो, ‘हामीले नबोल्ने पलाञ्चोक भगवतीलाई कति फूल चढायौँ कति। तर, पनि यस्तो भयो। आज बोल्ने भगवानले घर बनाइदिए।’ त्यसपछि आँसु थाम्नै सकिएन। खुसीले निकै भावुक भएँ लामो समयसम्मै।

Ncell 2
Ncell 2
nimb
nimb

खुसी ५
हामीले २०७३ पुस २५ गते बर्दिबास २ को मुसहर समुदायका लागि निर्माण थालेको एकीकृत नमुना बस्ती २०७४ बैसाख १ गते हस्तान्तरण गर्ने घोषणा गरेका थियौं। योजनाअनुसार नै हस्तान्तरण गर्न सकियो। सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशन मार्फत बनाएको ५३ वटा भवन हस्तान्तरणको क्षण मेरो अर्को खुसीको क्षण हो। आदरणीय कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर भवन हस्तान्तरण गर्नुभएको छ। हामीले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेका थियौं। बस्तीका ३ वटा घर भने गैरमुसहरका लागि उपलब्ध गराएका थियौं।

दुःख  १
कलाकारितामा केही गर्ने रहर जागिसकेको थियो। त्यसैले काठमाडौँ आउने विचार गरेँ। तर, काठमाडौँ पठाएर खर्च धान्ने घरको अवस्था थिएन। बाले रिनधन गरे। जम्मा १७ सय रुपैयाँ भएछ। पैसा थमाइदिँदै योभन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो। म पनि रोएँ। आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे। आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्कानिरह्यो। यो एकदमै दुःखको क्षण थियो।

दुःख  २
कलाकार हुन काठमाडौँमा अनेक प्रयत्न गर्नुपर्यो। सुरुमै आफूले सोचेको जस्तो कहाँ हुनु? घरबाट ल्याएको पैसा पनि सकियो। खानेबस्ने जुक्ति कसरी निकाल्ने? भन्ने कुराले पिरोल्यो। केही समय अर्कैको घरमा बसेर काम गरियो। त्यसपछि काठमाडौँका गल्लीगल्लीमा भाँडा लिएर बेच्न थालियो। भाँडाको भारी बोकेर कराउँदै बेचियो। मैले कराही, मैनबत्ती स्ट्यान्ड, ग्यास सकिन लागेको–नलागेको जाँच्ने यन्त्र बेच्थेँ। एक दिन मैतीदेवीमा भाँडा बेचिरहेको थिएँ। मैले बेचेको भाँडा नक्कली भनेर एक जनाले निहुँ खोज्यो। मैले होइन भनेँ। तर, उसले ‘नक्कली भाँडा बेच्ने?’ भन्दै मलाई भक्कुमार कुट्यो। त्यो कुटाइबाट रातभरि ज्वरो आयो। भोलिपल्टदेखि भाँडा बेच्ने काम पनि छाडिदिएँ। यो असाध्यै दुःख लागेको दिन थियो।

दुःख  ३
कलाकार बन्नका लागि दिनभर संघर्ष गर्यो। राति कोठामा आएर सुत्यो; खानाका लागि पैसा हुन्थेन। तरकारी किन्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दासमेत धेरैपल्ट तेल नहाली पकाएर खाइयो। एकपल्ट त अगाडिको पसलको उधारो धेरै नै भइसकेछ। तिर्ने पैसा थिएन। उसले कोठामै आएर किचकिच गर्न थाल्यो। त्यसपछि साथीभाइलाई बोलाएर कोठाको बाहिरबाट ताला लगाइयो। भित्र यसै गरी २ दिनसम्म बसेँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुःख ४
राष्ट्रिय नाचघरमा अभिनयको प्रशिक्षण फाराम भरेको थिएँ। अडिसन लिइयो। मेरो अभिनय अडिसन लिइरहनुभएका अशेष मल्ल, भुवन चन्दलाई साह्रै राम्रो लागेछ बधाई दिनुभयो। मसँगै अडिसन दिन आएका सबैले ‘निकै राम्रो गर्यौ पक्का छानिन्छौ’ भन्दै बधाई दिए। अडिसन लिइरहनुभएका मदनदास श्रेष्ठले रेडियो नेपालमा जागिर लगाइदिने वाचा गर्नुभयो। म खुसी भएँ। पछि नाचघरले प्रशिक्षण लिन पाउनेहरूको नाम सार्वजनिक गर्यो, मेरो नाम थिएन। रेडियो नेपालमा जागिरको कुरा पनि त्यसै सकियो। त्यसपछि म धेरै दुःखी भएँ। एक खालको डिप्रेसनमै गएँ, क्षमता भएर मात्रै केही हुने रहेनछ भनेर जोसजाँगरै हरायो।

दुःख  ५
म काठमाडौँ पुगेकै दिन दुःखद घटना सुनियो। राजा वीरेन्द्रको वंशनाश भएको रहेछ। त्यो उमेरमा राजाप्रति सबैले अर्कै खालको श्रद्धा उब्जाएका थिए। देशकै अभिभावक भनेर हामीलाई भनिएको थियो। मलाई देशकै अभिभावक रहेनन् भन्ने कुराले निकै दुःख लागेको थियो।

प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्