काठमाडौं– नेपाल एयरलाइन्सको नाइन एन एकेआर एमए ६० चिनियाँ जहाज पनि ग्राउन्डेड भएको छ।
इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको एयरलाइन्स स्रोतको भनाइ छ। ‘एमए ६० जहाज ३ दिनदेखि ग्राउन्डेड छ। जहाज उडानयोग्य कहिले हुन्छ अत्तोपत्तो छैन,’ एयरलाइन्स स्रोतले भन्यो, ‘ जहाजको इन्जिनमा भाइब्रेसनको समस्या देदिखएको छ।’
तर, बिहीबार पत्रकार सम्मेलनमा निगमका कार्याकारी अध्यक्ष खरेलले भने २ एमए-६० जहाजमध्ये एउटा उडानमा रहेको जनाकारी दिएका थिए।
खरेलले चिनियाँ जहाज उडानका पाइटलदेखि पार्टपूर्जामा चिनियाँको असहयोग रहेको बताए पनि उड्दै नउडेको जहाज उडानका रहेको जनाकारी दिएका थिए।
चिनियाँ दुई वटा एमए-६० जहाजमध्ये एउटा जहाज ग्राउन्डेड भएको दुई वर्ष भइसकेको छ भने एउटा भने मंगलबारदेखि ग्राउन्डेड भएको हो।
आन्तरिक उडानमा एयरलाइन्सका ३ मात्रै जहाज सञ्चालनमा
नेपाल एयरलाइन्ससँग आन्तरिक उडानका लागि ९ वटा जहाज छन। जसमा ४ वटा वाई १२ जहाज छन्। ४ वटा वाई १२ जहाज मध्ये ३ वटा जहाज ग्राउन्डेड भएको साढे एक वर्ष भन्दा बढी भइसकेको छ। एउटा जहाज मात्रै उडिरहेको छ। एउटा जहाज उडानका लागि पनि प्राप्त मात्रामा पाइलट रहेको छैन। वाई १२ जहाज उडानका अहिले नृपेन्द्र भट्टराई र फिजियोनाथ नेपाली मात्रै रहेका छन्।
चिनियाँ वाई-१२ जहाज अप्रेसनबाट मात्रै निगमले वार्षिक रुपमा घाटा बेर्होदै आएको छ। यसैगरी नेपाल एयरलाइन्ससँग रहेको ३ वटा ट्विनअटर पुरानो जहाज मध्ये दुई वटा मात्रै उडानमा रहेको छ। एउटा ट्विनअटर भने लामो समयदेखि ग्राउन्डेड छ। यसका साथै २ वटा एमए ६० जहाज पनि ग्राउन्डेट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।