काठमाडौं/एजेन्सी- चीनको झेजियाङ प्रान्तमा प्रत्येक वर्ष नोट टिप्ने प्रतियोगिता आयोजना हुने गरेको छ।
प्रतियोगितामा एक मिनेटभित्र धेरै चिनियाँ रुपैयाँ (युआन) टिप्ने व्यक्तिलाई विजेता घोषित गर्ने चलन छ।
यस वर्ष आयोजना भएको प्रतियोगितामा एउटा काँचको कोठामा झन्डै ८ करोड रुपैयाँ (५ मिलियन युआन) राखिएको थियो।
यसपालि कोझोउ शहरकी एक महिलाले एक मिनेटमा ३ लाख २० हजार (१८ हजार ३ सय युआन) बराबरको नोट टिप्दै उपाधि जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।