• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय राजनीतिमा तरंग ल्याउने पाँच फैसला जो प्रधानन्यायाधीशको अवकाश अघि हुँदैछन्

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  २३:००
1140x725

एजेन्सी– भारतीय सर्वोच्च अदालतमा नयाँ नेतृत्व चयन हुँदैछ। हालका प्रधानन्यायाधीश रञ्जन गोगाई अनिवार्य अवकाशमा जाँदैछन् भने नयाँ प्रधानन्यायाधीशको रुपमा एसएम बोबडे आउँदैछन्। प्रधानन्यायाधीश गोगाई सादा जिवन उच्च विचार राख्ने व्यक्ति हुन्।

त्यसैले उनी अवकाशपछि आफ्नो गाउँमा गएर बस्ने बताउँदै आएका छन्। सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीश सहरको सुविधा छोडेर  गाउँमा बस्न गएको भारतीय इतिहासमा याे पहिलो पटक हुनेछ।


उनको अवकाशसँगै भारतीय इतिहास र राजनीतिक क्षेत्रमा पनि नयाँ हलचल ल्याउने अनुमान गरिएको छ। प्रधानन्यायाधीश गोगाईको अवकाश अघि फैसला हुने केही यस्ता मुद्दाहरू पाइपलाइनमा छन् जसले भारतीय राजनीतिलाई धेरै रुपमा प्रभावित पार्ने छ। वर्तमान प्रधानन्यायाधीश गोगाई १७ नोभेम्वरमा अवकाश पाउँदै छन्। १८ नोभेम्वरदेखि प्रधानन्यायाधीशको जिम्मेबारीमा बोबडे आउने छन्।

१.बाबरी मस्जित–राममन्दिर विवाद
भारतीय राजनीतिमा महत्त्व राख्ने बहुप्रतिक्षित मध्येकाे एउटा फैसला बाबरी मस्जित-राम मन्दिर विवादमा भर्खर फैसला भएकाे छ। १६० वर्षे लामो विवाद र ४० वर्षदेखि एकपछि अर्को अदालत घुमेको यो मुद्दामा राम मन्दिर निर्माण हुने भएकाे छ। सर्वाेच्चले हिन्दूपक्षकाे अधिकार हुने फैसला सुनाएकाे छ। यस्तै मुस्लिमपक्षलाई नयाँ स्थानमा जमिन दिन भनेकाे छ। याे फैसलापछि भारतमा बहश सुरु भएकाे छ कि उक्त क्षेत्र छाेड्न मुस्लिमपक्ष तयार हाेला त?

याे विववाद सिधा सत्तामा रहेको भारतीय जनता पार्टीसँग जोडिएकाले पनि महत्त्वका साथ हेरिएकाे थियाे। 

तर, यो विवादमा संवैधानिक इजलाशले  फैसला सुनाएकाले सबैले स्वीकार गर्नुपर्ने वाध्यता भने सिर्जना गरेकाे छ। यस्ताे फैसला हुनुकाे कारण  हिन्दूत्वकाे सत्ता रहेकाे तर्क पनि गरिँदै आएका छ। यही मुद्दालाई नै भर्‍याङ बनाएर भाजपा सत्तामा पुगेकाे कारण पनि याे मुद्दालाई कतिपयले सत्तासँग जाेडेका हन्।

Ncell 2
Ncell 2
nimb
nimb

२. राफाल डिल
प्रधानन्यायाधीश गोगाईले अयोध्या जस्तै अन्य मुद्दामा पनि अवकाश हुनुअघि फैसला सुनाउनुपर्ने छ। यस्तै मध्येको दोस्रो महत्वपूर्ण हो राफाल डिलको मामला। यो मुद्दा पनि गोगाईले आफ्नो नेतृत्वमा तीन न्यायाधीशको इजलाशमा सुनुवाई गरिसेकका छन्। न्यायाधीश संजय किसन कौल र केएम जोसेफ उनीसँगै यो मुद्दामा छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा जोडिएको यो विवादले सत्तालाई समेत धक्का दिनसक्ने अनुमान छ। यसबीचमा फैसला हुनुपर्ने छ।

यो मामला सुनुवाइ थालेपछि प्रधानन्यायाधीश गोगाईमाथि सर्वोच्च अदालतमै कार्यरत रहेकी एक पूर्वकर्मचारीले यौन शोषणको आरोप समेत लगाएकी थिइन्। तर त्यो प्रमाणित हुन सकेन। रफाल डिल प्रकरणमा सर्वोच्चले १४ डिसेम्बर २०१८ मा गरेको एउटा फैसलामा केन्द्र सरकारलाई क्लिन चिट दिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर सर्वोच्चमा त्यसपछि धेरै याचिकाहरू दर्ता भएपछि १० मई २०१९मा सर्वोच्चले पुन सुनुवाई गर्दै फैसला सुनाउने भनेको थियो। फ्रान्सबाट ३६ रफाल फाइटर जेट भारतले सम्झौता गर्न लागेपछि त्यसमा घोटला भएको भन्दै दायर भएका रिटमा सर्वोच्चले सुनुवाई गरेको थियो।

रफाल मामला सर्वोच्चसम्म पुर्‍याउनेमा पूर्वमन्त्री अरुण शौरी , यशवन्त सिन्हा, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भुषण र आमआदमी पार्टीका सांसद सञ्जय सिंह रहेकाले पनि यो मामलामा सरकार अप्ठारोमा पर्ने अनुमान गरिएको हाे।

३. सबरीमला मन्दिर
भारतीय सर्वोच्च अदालतमा धेरै चासो राखिएको अर्को मुद्दा हो सबरीमला मन्दिर मामला। दुई साताअघि सर्वोच्चले यो प्रकरणमा सुनुवाइ गर्दै फैसला सुनाउने काम बाँकी राखेको थियो। दक्षिण भारतस्थित केरला राज्यको सबरीमला अथ्यपा मन्दिरमा सबै उमेरका महिलालाई प्रवेश दिने वा नदिने विवाद छ।

२०१८ मा भएको एक फैसलामा सर्वोच्चले सबै उमेरका महिलालाई मन्दिर प्रवेश दिनुपर्ने भनेको थियो। २८ सेक्टेम्बरमा भएको फैसला अस्वीकार गर्दै पुन: सर्वोच्चमा ६० याचिका दायर भएका थिए। धार्मिक आस्थासँग जोडिएको यो प्रश्नले पूरै केरला राज्यमै प्रभाव राख्ने भएकाले यो फैसलाको पर्खाइमा भारतीय जनता रहेका छन्।

सर्वाेच्च अदालतले यी विवादमा सुनुवाइ गर्दै ६ फ्रेवुअरी २०१९ मा फैसला सुनाउन मात्र बाँकी भएको भनेको थियो। यसको नेतृत्व पनि गोगाईले नै गरेका छन्। सबरीमला मन्दिरमा सबै उमेरका महिलाहरूलाई प्रवेश दिने विषयमा भारतभर ठूलो बहश भएको थियो।

महिनवारी हुने महिलाहरूलाई मन्दिरमा जानबाट रोक्नु महिला अधिकारको हनन् भएको महिलावादीहरूको तर्क थियो। तर धार्मिक संगठनहरूले १०–५० वर्ष उमेरका महिललाहरुलाई मन्दिर प्रवेश गर्न दिदाँ उनको ब्रह्मचर्यमा असर पुग्ने दावी गर्दै रोक लगाउन माग गर्दै आएका छन्।

४. मुख्यन्यायाधीश कार्यालय सूचनाको हकको दायरमा आउनुपर्ने
त्यस्तै अर्को महत्वपूर्ण फैसला हो सर्वोच्च अदालतका प्रधानन्यायाधीशको कार्यालयकाे सूचना सूचनाकाे हक मार्फत पाउने कि नपाउने भन्ने विवाद। संवैधानिक इजलाशमा रहेको यो मुद्दामा पनि भारतभर बहश भएको थियो। यो मुद्दा पनि प्रधानन्यायाधीश रञ्जन गोगाईले आफूसहित पाँच न्यायाधीशको इजलाशमा सुनुवाई गरेका छन्।

सूचनाको हकका कार्यकर्ता सुभाषचन्द्र अग्रवालले प्रधानन्यायाधीशको सचिवालय समेत सूचनाको हकको दायरमा आउनुपर्ने दावी गर्दै रिट दायर गरेका थिए। यो मुद्दा पनि सर्वोच्चका वरिष्ठ अधिवक्ता प्रशान्त भुषणले लडिरहेका छन्।


सर्वोच्च अदालत र अन्य तहमा हुने नियुक्ती, सरुवा गोप्य र रहस्यमय रुपमा हुने गर्दछन्। यसमा सूचनाको हक मार्फत जान्न पाउने हक सुनिश्चित हुुनुपर्ने निवेदन कर्ताको दाबी छ। त्यस्तै सर्वोच्च अदालतका कयौं फैसलाहरू गोप्य रुपमा राख्ने गरेकाले यसको पनि प्रकाशन र सूचनाको हक अन्तर्गत आउनुपर्ने उनको दाबी छ। 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्त, तलव र उनीहरुमाथि हुने कारवाहीको कुरा पनि आम जनताले जान्न पाउनुपर्ने दाबी प्रशान्त भुषणले बहशका क्रममा राखेका थिए।

५. जम्मु कश्मीर विवाद
भारतीय संविधानको विशेषाधिकार खारेजीविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन अर्को महत्वपूर्ण विवाद हो जम्मु–कश्मीरको धारा ३२० खारेजी प्रकरण। मोदी सरकारले विनाजनमत संग्रह संसदको एक प्रस्तावको भरमा जम्मु कश्मीर र लद्दाखलाई केन्द्रमार्फत् शासन गर्ने गरी विभाजन गर्ने निर्णय गर्‍याे। भारतकै पूर्वप्रशासक र विज्ञहरूले दायर गरेको रिटमा सर्वोच्चले पटकपटक सरकारलाई समय दिँदै आएको छ। सर्वोच्चमा पत्रकारदेखि वरिष्ठ अधिवक्ता र पूर्वप्रशासकसमेत रहेको यो मुद्दाले कश्मीर भारतको केन्द्र शासनमा रहने वा नरहने भन्ने विषयमा निर्णय गर्ने छ। 

प्रधानन्यायाधीश गोगाईले यो मुद्दामा पटकपटक केन्द्र सरकारलाई कश्मीरी जनतालाई कहिलेसम्म आधारभूत सेवा सुचारु हुन्छ भनि समय सीमा तोकेकाले फैसला भएमा अन्तिम निर्णय सुनाउने सक्ने अनुमान गरिएको छ। यदि सर्वोच्चले मोदी सरकारको यो निर्णय असंवैधानिक भएको फैसला गरेमा उनी राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रियरुपमा समेत अप्ठारोमा पर्ने छन्।

पाकिस्तानले अन्तर्राष्ट्रिय हरेक मञ्चमा जम्मु कश्मीरमाथि अन्याय भएको दाबी गर्दै आएको अवस्थामा भएको यस्तो फैसलाले पुन: विशेषाधिकार दिनुपर्ने र सरकार असफल भएको सावित हुने छ।

बीबीसी हिन्दी लगायत एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  २३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्