• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आँखैमा बाढीको झझल्को : 'यो वर्ष त मरिन्छ कि बाँचिन्छ, भन्न सकिन्न' (फोटो फिचर)

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  ०६:४४
1140x725

राजविराज- चुरेक्षेत्र भएर बग्ने महुली खोलामा आएको बाढी बाँध फुटाएर गत साउन अन्तिम साता तिरहुत गाउँपालिकाका मैनाकडेरी, लोहजरा, बुधेवा लगायतका गाउँमा पस्यो। १८ घर बगायो, ३ सय घर परिवार विस्थापित भए।

‘जसोतसो ज्यान बचायौं,’ स्थानीयवासी भन्छन्, ‘यो वर्ष चैं मरिन्छ कि बाँचिन्छ यसै भन्न सकिन्न।’ 

अघिल्लो वर्षको बाढीको झझल्को अहिले पनि उनीहरुको आँखैमा छ। मैनाकडेरीकी लिलमदेवी राम भन्छिन्, ‘त्यतिबेलाको हन्डर सम्झना आउँदा अहिले पनि बेलाबखत आङ जिरिंग हुन्छ।’ 

‘साउन २५ गतेदेखि सुरु भएको वर्षासँगै महुली खोलामा आएको बाढी २८ गते बिहान ८ बजे मैनाकडेरी ५ र लोहजरा ९ मा बाँध कटान गरेर गाउँ पस्यो,’ सावित्रिदेखि रामले  स्मरण गरिन्, 'लामो समयसम्म बाढीले निकास नपाउँदा गाउँ नै तहसनहस बनायो।’

दुई घन्टापछि लोहजरा ८ स्थित बुधेवामा नहरको बाँध भत्किएपछि बाढीले निकास त पायो तर धेरै घर सँगै बगाएर लग्यो। ‘बाँध नकाटेको भए धेरै गाउँलेले ज्यान गुमाउँथे,’ उनले थपिन्, ‘दुःखमा पनि खुसीको कुरा के भने, बाँध फुटेका कारण मान्छेले डुबेर मर्नु परेन।’ 

घरमा पानी पसेपछि टेबुलमाथि कुर्सी र त्यसमाथि आफू उभिएर छोराछोरी बचाएको सम्झना उनको मनमा ताजै छ। ‘त्यसो गर्दा पनि घाँटीसम्मै पानी आयो, अरु आधा घन्टा बाढीले निकास नपाएको भए मर्नेको संख्या दर्जनमा हुन्थ्यो,’ उनले भनिन्।

बाढीले जिवछ मुखिया, इन्द्रदेव पण्डित, लक्ष्मण राम, पिहरा राम, राधे राम, भरत पण्डित, इन्द्रदेव पण्डित, मुनी राम, वेचन पण्डित, श्रवण राम, रामसेवक पण्डित, भवरलाल राम, राजकुमार राम, वसन्त राम, हरि राम लगायतको घर बगाएको तिरहुत–२ मैनाकडेरीका वडा अध्यक्ष भुलन यादवले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

विस्थापित भएका ५० परिवार चन्द्रनहरको डिलमा, ३५ परिवार स्थानीय जिल्ला रोडमा, ४० परिवार भेडिया सडकमा र ५० परिवारले जंगलको डिलमा पाल टाँगेर जीविका चलाए।

बाढीले चन्द्रनहरको बाँध तथा गाउँ प्रवेश गर्ने सबै बाटो ठाउँठाउँमा भत्किएपछि मैनाकडेरी, बुधेवा, लोहजरासम्म पुग्न त्यसबखत हवाई मार्गकै प्रयोग गर्नुपर्यो। हेलिकप्टरवाट तत्काल उपलब्ध गराइएको च्युरामुरी सकिएको धेरै दिनपछि बाटोघाटो मर्मत भए। ‘साउन २७ गतेदेखि एकै पटक ३० गतेमात्रै खाना नसिव भयो,’ लोहजरा ८ बुधेवाकी भुटियादेखि राम भन्छिन्, ‘केटाकेटीले पेटभरि भात खान पनि धेरै दिन कुर्नुपर्यो।’

पछिल्लो संरचना अन्तर्गत तिरहुत वडा नं २ को मैनाकडेरी तथा वडा नं ५ का लोहजरा र बुधेवाका बासिन्दा अहिले पनि ढुक्क छैनन्। अस्थायी बाँध बनाएर खोलो पहिलाकै स्थानमा फर्काईपछि लामो समयसम्म विस्थापित भएका उनीहरु अहिले घर फर्किँदैछन्। तर, ४ महिनापछि पुनः घर छोड्नुपर्ने पिरालेले उनीहरुलाई छोडेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उतिबेला टाँगेको त्रिपाल कतिपय परिवारले अहिले पनि हटाएका छैनन्। ‘पानी नभएको खहरे खोलो बालुवाको बाँध बनाएर फर्काईएको छ,’ वडा अध्यक्ष यादव भन्छन्, ‘असार नलाग्दै फेरि बहुलाएर आउँछ। यो वर्ष त गाउँमा एक घर पनि बाँकी रहने आस छैन।’

बाढीले मैनाकडेरीको भेडियादेखि २ किलोमिटरको दुरीसम्म ७ ठाउँ बाँध कटान गरेको छ। बालुवा हालेर रोकथाम गर्नेबाहेक दीर्घकालीन बाँध निर्माणको पहल भएको छैन। ‘हामीले विभिन्न निकायमा पटक–पटक बाँध निर्माणका लागि पहल गर्यौं,’ गाउँपालिका अध्यक्ष मनोज बहडखेरले भने, ‘तर, अहिलेसम्म सबैले पैसा छैन भनेर निरास बनाउने काम मात्रै गरे।’ बाढीले पुनः पहिलाकै स्थानमा कटान गरे यसवर्ष करिब ५ सय घरपरिवार डुबानमा पर्ने र हजारौं परिवारको बिचल्ली हुने उनले जानकारी दिए।

खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका खोलामा आएको बाढीका कारण गत वर्ष सप्तरीमा मात्रै ५ जनाले ज्यान गुमाएका थिए भने ३१ हजार १७० घरपरिवार प्रभावित भएका थिए। कुल १ अर्ब ४० करोडको क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। समितिका अनुसार ९८९ पशु चौपाया बाढीले बगाएको र मरेको रेकर्ड छ। यसैगरी ४ हजार ३६७ परिवारको ३३१२ दशमलल ५ हेक्टर धानबाली नष्ट हुँदा १८ करोड ७१ लाख ६२ हजारको धान बाली, १६९ परिवारको १६० दशमलव ९० हेक्टरको माछा पोखरीको नष्ट हुँदा ४ करोड १७ लाख ५९ हजार ५ सय क्षति भएको थियो।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय अन्तर्गतका सानाठूला गरी ३६ वटा नदी नियन्त्रण योजनामा १६ करोड ४४ लाख, कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन अन्तर्ग विभिन्न नहर प्रणाली ७१ स्थनमा क्षति हुँदा ५ करोड २८ लाख, सिँचाइ विकास डिभिजन अन्तर्गतका १८ वटा सिँचाइ योजनामा ४० करोडको क्षति भएको थियो भने खानेपानीका १७ वटा योजनामा गरी ९ करोड ८८ लाख क्षति भएको थियो।

बाढीले ७५ वटा विद्यालयमा क्षति पुर्‍याउँदा २ वटा विद्यालय पूर्ण रुपमा नष्ट भएका थिए। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्