काठमाडौं– काठमाडौंको ठमेलमा तेस्रोलिंगीहबाट लुटपाटका घटना बढेको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न २ जना पक्राउ परेका छन् भने ५ जना फरार छन्।
प्रहरीले कास्की पोखराकी आफूलाई तेस्रो लिङगी २३ बर्षीया सिम्रन गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
ठमेलस्थित सडकमा काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने अछाम गाजरा गाउँपालिका–१ का २६ बर्षीय गजेन्द्र खड्काले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटी फरार उनी फरार भएकी थिइन्। महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
वृत्तका डिएसपी दीपक पोखरेलका अनुसार लुटपाटको आरोपमा २ जना तेस्रोलिंगीलाई पक्राउ गरिएको छ। उनीहरुले विभिन्न बहानामा लुट्न सक्ने भएकाले त्यस्तो समूहसँग सर्वसाधरण पनि सचेत हुनुपर्ने उनी बताउँछन्।
ठमेल तथा लैनचौर क्षेत्रमा सधैं प्रहरी र तेस्रोलिंगीहरुकको लुकामारी चल्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।