काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकार गठनको करिब २१ महिनापछि सात वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, सरकारको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वीकृत
२) सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्दा १३ जनाको मृत्यु ३ गम्भीर घाइते, चालकसहित ४७ जनाको उद्धार, घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै ।
३) अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलित मेडिकल कलेजका विद्यार्थीहरु काठमाडौंमा, नेशनल मेडिकल कलेज वीरगञ्जका विद्यार्गीद्वारा सुरक्षाको माग ।
४) ए डिभिजनका १४ क्लबले पाएनन् एएफसी लाइसेन्स, आवश्यक कागजात नपुगेको तर्क, एएफसीले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन बन्देज ।
५) र, बिआरआई कार्यक्रमसँग जोडिएका मुलुकहरूमा चीनको लगानी घट्यो, गैरवित्तीय लगानीका क्षेत्रमा १० अर्ब ४ करोड अमेरिकी डलर खर्च, ६ प्रतिशतले कमी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।