काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बिहान एक्सरे गरिएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा छातीको एक्सरे गरिएको हो।
आइतबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने केहीबेर अघि सुरु भएको छ। बैठक केही बेरअघि देखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।
मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए। आज पनि बस्ने भनिएको सचिवालय बैठक भने अनिश्चित बनेको छ।
(फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।