लहान- छोराले फलामे रड प्रहार गर्दा गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ।
घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा आमाछोरी गम्भीर घाइते भएका थिए ।
रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ।
सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको छ। आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।