• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बेलहिया-बुटवल सडक : ६ वर्षमा ६ आयोजना प्रमुख फेरिए, राजधानी बनेपछि बल्ल गति लिँदै

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  ०९:२७
1140x725

रुपन्देही- व्यापारिक मार्ग बेलहिया-बुटवल सडक निर्माण सुरु भएको ६ वर्षमा ६ जना आयोजना प्रमुख फेरिएका छन्। तर निर्माण कार्यले भने सोचेअनुरुप तीव्रता पाउन सकेको छैन।

सरकारले प्रदेशको राजधानी तोक्नुअघिसम्म कामले तीव्रता लिन नसकेको उक्त सडक निर्माणले पछिल्लो समय भने थोरै गति लिएको छ। 

२०६९ असारमा सुरु भएको ६ लेनको बेलहिया-बुटवल खण्डको  मुख्य ११ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। २७ दशमलव ५ किलोमिटरमध्ये बाँकी सडक खण्डमा कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। 

आयोजनाका अनुसार बाँकी सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ। तिलोत्तमाको मणिग्रामदेखि भैरहवाको अञ्चलपुरसम्म कामले तीव्रता लिएको आयोजनाका प्रमुख इन्जिनियर जीवेन्द्र मिश्रले दाबी गरे। उक्त सडकको  मुख्य ४ लेन सडकको काम असारभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको आयोजनाका प्रमुख मिश्रले जानकारी दिए। 

पहिला २४ किलोमिटर डिपिआर भएको भएको यस सडकखण्ड अन्तर्गत २०७२ चैत १७ को विभागिय निर्णय अनुसार बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोलासम्म थप ३ दशमलव ५ किलोमिटर थप भई अहिले २७ दशमलव ५ किलोमिटर कायम गरिएको छ। आयोजनाका अनुसार अहिलेसम्म बुटवलतर्फ ६ किलोमिटर पूर्ण रुपमा सम्पन्न भएको छ भने भैरहवा तर्फ ५ दशमलव ४ किलोमिटर गरी ११ दशमलव ४ किमि खण्डको निर्माण कार्य सम्पन्न भएको छ। बाँकी १३ किलोमटर सडकको काम तीव्र गतिमा भएको आयोजना प्रमुख मिश्रले नेपाल लाइभलाई बताए। 

‘अप्ठ्यारा काम सकिनुका साथै समयले पनि साथ दिएका कारण बाँकी काम समयावधिभित्रै सक्छौं,' उनले भने। 

तिलोत्तमाको मणिग्रामदेखि भैरहवाको अञ्चलपुर सम्मको सडकमा अहिले धमाधम रुपमा काम भइरहेको छ। उक्त सडक खण्डमा अहिले सडकको दायाँबायाँ पानीको निकासका लागि ढल बनाउनेदेखि माटो भर्ने काम भइरहेको छ। व्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल सडक खण्डमा बिरुवा श्रेष्ठ एपेक्स जेभी, टिसिआइएल, कालिका रायमाझी जेभी, बिरुवा कन्स्ट्रक्सन कम्पनी,  दि कञ्चननजंघा बिरुवा जेभी, महादेव खिम्ती एसियाटिक महेश जेभी तथा कालिका तामाङ प्यासेफिक जेभिले ठेक्का लिएर काम गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

काम सम्पन्न हुन बाँकी स्थानमा ठेक्का सम्झौता अनुरुप नै ठेकेदारले काम गरिरहेको आयोजनाको दाबी छ। १० मिटरको मुख्य सडक ६ मिटरको दुवैतर्फ सर्भिस लेन र ३ मीटरको मिडियर रहेको यो ६ लेन सडकको निर्माणका लागि विभिन्न १२ खण्डमा ठेकेदारलाई जिम्मा दिइएको छ। जसमध्ये ४ ठेकेदार कम्पनीले मात्र पूरा काम गर्न सकेका छन् भने अन्य ८ खण्डको काम पूरा गर्नका लागि २०७६ सम्म कुर्नुपर्ने देखिएको छ। यही आर्थिक वर्ष भित्र मुख्य सडकको काम पूरा गर्नेगरी ठेकेदार कम्पनीलाई ताकेता गरिएको आयोजना प्रमुख मिश्रले जानकारी दिए। 

आर्थिक वर्ष २०७४/७५ मा लगभग ८ किमि सडक कालोपत्रे हुने र २०७५ असोज/कार्तिकसम्म बुटवल भैरहवासम्म सम्पूर्ण रुपमा कालोपत्रे भइसक्ने गरी कामलाई अगाडि बढाइएको आयोजनाको दाबी छ। 

२०७७ साउनसम्ममा बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क हुदैँ चिडियाखोला तथा बेलहियादेखि बाइपाससम्मको सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड मध्ये हालसम्म ३ अर्ब ६५ करोड खर्च भैसकेको छ। उक्त रकम आयोजनाको कूल लागतको ६१ दशमलव ७६५ प्रतिशत रहेको छ। प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५५ भन्दा बढी रकम खर्च गर्न आयोजना सफल भएको छ। समयमै बजेट निकासा हुने र बजेट अभाव बढ्ने तथा नदीजन्य निर्माण सामाग्रीको सहजता यस आव २०७४/०७५ असार मसान्तभित्र बुटवलदेखि भैरहवासम्म ४ लेनको प्रमुख सडक कालोपत्रे गरिने लक्ष्य लिइएको छ आयोजनाले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश राजधानी तोकिनुपूर्व भने कामले खासै गति लिन सकेको थिएन। सडक र पुल निर्माणको काम पूरा भएर आम मानिस निर्धक्क भएर सडकको यात्रा गर्नुपर्ने बेला ठेकेदारको चरम लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदा सर्वसाधरण धुलो खान बाध्य भएका छन्। केही अक्षम ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका कारण पटक पटक म्याद थपेर काम गर्दा समेत आशलाग्दो प्रगति हुन नसकेको आयोजनाको गुनासो छ। 
ठेक्का सम्झौता अनुसार समयमै काम गर्न नसके ठेकेदारको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियाबाट काम अगाडि बढाइने एमाले उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले चेतावनी दिए। समयमै काम गर्न नसक्ने तथा विभिन्न बहानाबाजी गर्दै म्याद थप गर्ने ठेकेदारलाई ऐन अनुरुप दण्ड तथा जरिवाना गरिनुपर्ने उनको भनाइ छ। 
 
एउटा आयोजनाका लागि ६ योजना प्रमुख 
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया-बुटवल सडक खण्ड निर्माणको काम सुरु भएको ६ वर्ष पूरा भयो। ६ वर्षको अवधिमा ६ वटा कार्यालय प्रमुख परिवर्तन भएका छन्। जसले गर्दा आयोजनाले सोचे अनुरुप काम गर्न नसकेको देखिएको छ। 

योजना प्रमुखको रुपमा आएका दुई जना ९/९ महिना काम गरेर सरुवा भएका छन् भने अन्य तीन जनाले १ वर्षजति काम गरेको देखिन्छ। कार्यकाल नसकिँदै सरुवा हुने परिपाटीले विकास निर्माणमा बाधा पुगेको स्थानीयले अनुभव गरेका छन्।

कालिका तामाङ प्यासेफिक जेभिले अझै भ्याएन काम
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक खण्डको अञ्चलपुरदेखि मणिग्रामसम्मको काम सन्तोषजनक रुपमा अगाडि बढे पनि सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण भैरहवाको अञ्चलपुरदेखि बेलहियाको डण्डा पुलसम्म सडक र पुल निर्माणको काम भने निकै सुस्त गतिमा चलेको छ। 

बेलहियादेखि बुटवल गोलपार्क हुँदै चिडिया खोलासम्म साढे २७ किलोमिटर सडक विस्तार गर्ने जिम्मा पाएको सडक विस्तार आयोजनाले ठेक्का व्यवस्थापन गरेका अन्य स्थानको काम सन्तोषजनक रुपमा अगाडि बढे पनि भैरहवामा निर्माणाधीन सडकले निकै दु:खी बनाएको छ। २ दशमलव १ एक किलोमिटर सडक र डण्डा पुल निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभीले ठेक्का सम्झौता गरेको दिनदेखि अहिलेसम्म ८० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ। २०१६ जुन १६ मा ठेक्का सम्झौता गरेको कालिका तामाङ प्यासेफिक जेभीले २०१७ जुलाई १६ मा ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गर्नुपर्ने थियो। 

अक्षम ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका कारण ४ पटक म्याद थपेर काम गर्दा समेत आसलाग्दो प्रगति हुन सकेको छैन। चार पटक म्याद थप गरेर काम गरिरहेको उक्त ठेकेदार कम्पनीले पछिल्लो पटक थप गरेको म्याद अनुसार मंसिरमै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म पूरा गर्न सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्