अन्नपूर्ण आधार शिविर- हिँडेर नअघाइने सम्भवतः एकमात्र गन्तव्य हो, अन्नपूर्ण आधार शिविर।
बाटोमा भेटिएका घना जंगल, प्राकृतिक छटा, झरना, हिउँ नै बग्ने मोदी खोला, फूल, नाकै ठोक्किने उकालो बाटो, खुट्टा काँप्ने ओरालाले पैदा गर्ने तृप्तपनले ‘मलाई हिँड्न पुग्यो’ भन्ने भावना पैदा गराउँदैन।
४ हजार १ सय ३० मिटरको उचाइबाट ३ सय ६० डिग्रीमा देखिने हिमालको दृष्य कैदकर्तालाई पहिलोपल्ट वास्तविक प्राकृतिक सौन्दर्यको समीप पुगेको महसुस भयो।
अन्नपूर्ण प्रथम हिमालमा सुन्तले रंगमा देखिने सूर्यकिरणले चुम्दा देखिएको दृश्य वास्तवमा नै मनमोहक थियो।
उषा र गोधुली अन्नपूर्ण सूर्यकिरणको संयोगका दृश्य कैद गर्न घुमन्तेहरूका क्यामरा उत्सुक थिए।
चाँदीसरी हिमालका दन्त्यलहरले छटा छरेको थियो।
शब्दमा वर्णन गर्नुभन्दा तस्बिरले नै धेरै वर्णन गर्ने भएकाले तस्बिरहरू नै प्राथमिकतामा परेका छन्।
हरौं केही तस्बीरहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।