• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अस्ताए सहिदपिता मंगले, जो आफ्नै घर बनाइदिने मन्त्री पनि चिन्दैनथे

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  ०५:१९
1140x725

रोल्पा- बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रम प्रसारणपछि एकाएक चर्चित बनेका रोल्पा सुनछहरी गाउँपालिका-७ जेल्बाङका मंगले बुढाको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

मंगले बुढा माओवादी सशस्त्र युद्धमा मारिएका भुवन बुढाका बुबा हुन्। देशको व्यवस्था र आफ्नो अवस्था फेर्न भन्दै १५ वर्षकै उमेरमा किताबकलम फालेर बन्दुक समाएका भुवन २०५९ फाल्गुनमा मारिएका थिए। 

क्रान्ति र परिवर्तनको सपना देखेर २०५४ सालमा भुवन जुन घरबाट निस्किए २० वर्षपछि पनि उनको घरको छानो जस्ताको तस्तै थियो। उनको मृत्युपछि साहाराबिहीन भएर बाँचेका बाबुआमाको एकाएक साहारा बन्ने पुग्यो, बिबिसी नेपाली सेवाबाट प्रसारण हुने साझा सवाल। 

मंगले दम्पतीसँगै उनको घरमा मन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीसँग कार्यक्रम छायांकन गरिएको थियो। मंगलेको अवस्था जस्ताको त्यस्तै चित्रण गरिएको उक्त कार्यक्रम हेरेपछि देशविदेशबाट धेरै प्रतिकृयासमेत आएपछि वर्षमान दम्पतिले मंगलेको घर बनाइदिने प्रतिबद्धता समेत जाहेर गरे। 

दिवंगत सहिद पिता मंगले। तस्बिर: साझा सवाल

२०७४ साल माघको पहिलो साता पूर्व सभामुख ओनसरी घर्ती र मन्त्री वर्षमान पुन हेलिकोप्टरबाट मंगलेको घर पुगे। उनलाई घर बनाईदिने भन्दै शिलान्यास गरे। साथमा चामल, ब्ल्यांकेट र लगाउने कपडासमेत मंगले दम्पतीलाई हस्तान्तरण भयो। सो घर २०७५ साल माघ ४ गते मन्त्री पुन दम्पतीले मंगले दम्पत्तीलाई हस्तान्तरण गरे। 

वर्षमान पुनले बनाइदिएको नयाँ घर। 

मन्त्री वर्षमान पुनको १० लाख ५० हजार र अन्य दाताको १ लाख २७ हजार पाँच सय गरि कुल ११  लाख ७७ हजार पाँच सयको लागतमा उनको दुई तले पक्की घर निर्माण भयो।  लामो समय खरको छाना भएको घरमा बस्दै आएका उनले नयाँ घर पाए पनि खुसी भने ल्याउन सकेन। 

'मर्ने बेला किन नयाँ घर चाहियो? पुरानै घरलाई टिन लगाई देउ भनेँ। तर साथीहरुले मानेनन्। नयाँ घर बनाई दिन्छु भनेर बनाइदिए,'  केही दिन अघि मंगले बुढाले भनेका थिए। मन्त्री पुनले घर निर्माणका साथै ब्यांकेट र आफूले लगाएको कपडा देखाउँदै मंगलले कपडा पाएपछि भने न्यानोसँग दिन काटेको बताएका थिए।

त्यसो त मंगलेलाई आफ्नै मेहनतले बनाएकै घर नै प्यारो लाग्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb
मंगलेको पुरानो घर।

उनको नयाँ घर बनाई दिने तथा खाद्यान्न र लत्ता कपडा दिने को हुन् मंगलेले चिन्दैनथे। उनले सबैलाई साथी भनेर सम्बोधन गर्थे। 

५ वर्ष अघि दाउरा लिन जंगल गएका मंगले उतै लडेका थिए। खुट्टामा चोट लागेपछि गाउँकै स्वास्थ्य चौकीमा उपचार गरेको भए पनि खुट्टा सञ्चो नभएका कारण उठ्न बस्न निकै समस्या थियो। 'छोरा भएको भए बाहिर उपचार गर्न लान्थ्यो होला,' मंगलेले भनेका थिए। छोरा भुवनभन्दा निकै जेठा २ छोरी भए पनि दुबैको विवाह भइसकेका कारण घरमा उनको रेखदेख गर्ने कोही थिएनन्।

माओवादीले संचालन गरेको सशस्त्र युद्ध सुरु भएको २ वर्षपछि २०५४ सालमै मंगलेको छोरा भुवन भूमिगत भएका थिए। भुवनसँगै उनका धेरै साथीहरु भूमिगत भएपछि जेल्बाङमा रहेको प्रहरी चौकीबाट खटिएका प्रहरीले मंगलेको घर मात्र हैन छोरा भुवनले पढेको विद्यालयमा समेत अनावश्यक गतिविधि र खानतलासी बढाउँदै लग्यो। प्रहरीको डरले गाउँका प्रायः सबै युवा युवती भूमिगत भए। विद्यार्थीसमेत भूमिगत हुन थालेपछि जेल्बाङका विद्यालय खाली हुँदै गएका थिए।  

जेल्बाङमा रहेको प्रहरी चौकी माओवादीले कब्जा गरेपछि प्रहरी सदरमुकाम तर्फ लाग्यो। गाउँमा सुरक्षाफौजको उपस्थिति नभएको मौका छोपी भुवन बुबाआमालाई भेट्न घरमा आउने गर्थे। छोरा घर आउदा निकै खुसी हुथ्यो मंगले दम्पती। २०५९ साल फाल्गुनतिर गाउँकै एक युवकले भुवन शहिद भएको खबर लिएर मंगलेको घर पुगेका थिए। 

मंगलेकी पत्नी। 

छोरा मारिएको खबर सुनेपछि मंगले दम्पती निकै बेर रोए। पार्टीका मान्छेले 'हामी पनि तपाईकै छोरा हौं' भनेर सम्झाएका थिए। परिवारको एक्लो छोराको मृत्युले मंगले दम्पतीको मुटु छियाछिया बनाएको थियो। वुढेसकालमा छोराको कमाई खाने सपना पूरा हुन पाएन। २०५९ साल माघ २९ गते  रोल्पाकै साविकको सेरम गाविसमा सेनाले गोलि हानेर मारेको भए पनि त्यो खबर उनले झन्डै एक महिनापछि मात्र पाएका थिए।

मंगले माओवादीले संचालन गरेको सशस्त्र युद्धका एक पात्र थिए। सशस्त्र युद्धमा मारिएकाहरुका परिवारले कसरी जीवन बिताई रहेका छन् भन्ने उदाहरण थिए मंगले। मंगलेको मृत्युपछि अब उनकी श्रीमती झनै बेसाहरा भएकी छिन्। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ०५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्