लहान- लहान नगरपालिका–१ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ।
विस्फोटबाट ४२ वर्षीय अग्रवालको गर्धन र निधारमा चोट लागेको छ। किराना पसलको सामानमा समेत क्षति भएको छ। उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल बेस कार्यालय लहानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।