काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।
उनलाई उपचारका लागि बुधबार ग्रान्डी अस्पताल लगिएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रमलाई नियमित फलोअपका लागि लगिएको बताए।
उनलाई पाैने १० बजे अस्पताल लगिएकाे अस्पताल स्राेतले जनाएकाे छ।
यसअघि पनि उनलाई ग्रान्डीमै मुटु जाँचका लागि लगिएकाे थियाे।
१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।
दुई महिनाअघि मात्रै ओलीको सिंगापुरमा प्लाज्माफेरेसिसबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।