काठमाडौं– आज नेपाल सम्बत् ११४०। राजधानीमा यो नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
राष्टिय विभूति शङ्खधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋणमोचन गर्दै सुरु गरेको नेपाल सम्वत मनाउन ०४६ पछि हरेक प्रधानमन्त्रीहरु काठमाडौंको बसन्तपुर सभामा पुग्थे तर यसपटक अस्वस्थ्य भएको भन्दै प्रधानमन्त्री केपी ओली सो कार्यक्रममा पुगेनन्। यद्यपि उपत्यकामा नेपाल सम्बत् विभिन्न झाँकीहरुसहित मनाइएको छ।
पृथ्वीनारायण शाहको शासनकालसम्म यो सम्वतले राष्ट्रिय सम्वतको मान्यता पाएको थियो।
नेपाल सम्वतलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नयाँ वर्षका रूपमा मनाउने गरिन्छ।
नेपाल सम्बतका सन्दर्भमा आयोजित सांस्कृति झाँकीका केही तस्बिरहरु हेरौः

.jpg)






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।