काठमाडौं– रेडपाण्डाको छाला कारोबारमा संलग्न दुई युवक बोद्धमा पक्राउ परेका छन्। अत्तरखेलबाट प्रहरीले संखुवासभाका पेम्वा तामाङ र बाग्लुङका किरण केसीलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। थप कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको काठमाडौं प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।