• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक १४, २०८२ Fri, Oct 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

७ वर्षपछि दाइ त आए तर तिहार आएन

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १२, २०७६  ०८:४०
1140x725

ललितपुर- सबैतिर तिहारको रौनक छाइसकेको छ। चेली र माइतीबीच उमंगको पर्व तिहारमा सबै खुसी छन्। तर पर्वत मोदी गाउँपालिकाका कुमार फगामी पुन मगर र उनीकी बहिनी धनमाया तिलिजा पुन मगरको तिहार यस वर्ष पनि उस्तै खल्लो छ।

धनमायाका परेली आँसुले भिँजेका छन्। मन कुँडिएको छ। ‘भित्र जति पीडा भएपनि बाहिर त देखाउन मिल्दैन,’ गहभरि आँसु पार्दै धनमायाले भनिन्, 'कुमार दाइ परदेशिएपछि तिहार खल्लो हुन थाल्यो। दाइलाई तिहारमा टिका लगाउन नपाएको ७ वर्ष भइसक्यो, त्यो बेलाको तिहार को रौनक नै बेग्लै थियो,’ धनमायाले सुनाइन्। 

‘७ वर्षसम्म दाइको मुख देख्न पनि पाएको थिएन, ५ वर्षदेखि त बोली पनि सुन्न पाएको छैन। जसोतसो मुख त देख्न पाइयो। तर ७ वर्षपछिको तिहार पनि........,’ धनमायाको गला अवरुद्ध भयो। आँशुले गह भरिए। 

खुसीको तिहार त त्यतिबेला मात्रै आउँथ्यो। जतिबेला धनमायाका जेठा दाइ कुमार र कान्छा दाइ भीम दुवैजना घरमा सँगै थिए। हुन त त्यो बेलामा खुसी नै खुसी पनि थिएन तैपनि जीवनका केही दुःखलाई बढी खुसीले छोपिदिएको थियो। 

‘दाइ एता हेर्नुस् त, दाइ हेर्नुस् न,’ धनमाया उनका दाइ कुमारको निधार घरिघरि सुम्सुम्याउँछिन् त घरिघरि हात मुर्साछिन्। 

कुमार एकोहोरो हेरिरहन्छन् मात्र। कुनै प्रतिक्रिया दिँदैनन्। कहिलेकाँही आँखा चिम्लिन्छन्।

ललितपुर सानेपास्थित अलोकी केयर होम एण्ड रिह्याबिलिटेसन सेन्टरको दृश्य हो यो। धनमायाको दैनिकी दुई महिनादेखि यसैगरी चलिरहेको छ। धनमाया र उनका दाजुहरुको यसपालिको तिहार सानेपास्थित अलोकी केयरमै हुने भएको छ। 

Ncell 2
Ncell 2

‘७ वर्षपछिको तिहार। सुखदुख मनाउनै पर्यो। कुमार दाइले मलाई चिन्नु पनि हुन्न। कुनै प्रतिक्रिया दिनुहुन्न। न केही बोल्नु हुन्छ,’ उनी भन्छिन्, ‘परिवारमा खुसी ल्याउन परदेश हिड्नु भएको दाइ यस्तो अवस्थामा हुनुहुन्छ!’ 

परदेशबाट खुसी लिएर आउने वाचा गरेर रोजगारीका लागि ७ वर्ष अघि संयुक्त अरब इमिरेट्स (युएई)पुगेका धनमायाका जेठा दाजु कुमार ५ वर्षदेखि कोमामा उपचाररत छन्। 

सियोङ कन्स्ट्रक्सन कम्पनीमा कार्यरत कुमार युएई पुगेको २२ महिना मात्रै भएको थियो। १ जुलाई २०१५ काम गर्न कम्पनीमा जानै लाग्दा कुमार अचानक बेहोस् भएर ढलेको भन्ने खबर परिवारमा आएको थियो। 

‘दाइ अफिस जान लाग्दा अचानक बेहोस् भएर ढल्नु भयो भन्ने खबर हामीलाई आएको थियो। परदेशको ठाउँमा उहाँ कसरी यस्तो अवस्थामा पुग्नु भयो? हामीले त अरुले सुनाएपछि मात्रै थाहा पाउने हो, आँखाले देखिएन,’ धनमायाले सुनाइन्।  कुमारको उपचार भइरहेको छ भन्ने खबर मात्रै परिवारलाई थाहा भयो। 

‘५ वर्षसम्म दाइ बोल्न अवस्थामा नआउँदा आमा धेरै पिर लिनु हुन्थ्यो, नेपालमै ल्याएर उपचार गर्न पाए हुन्थ्यो भन्ने सोच्नु हुन्थ्यो। तर आर्थिक अवस्था कमजोर थियो। ईच्छा भएर मात्रै के गर्नु? पैसा नभएपछि,’ धनमायाका आँखाबाट बगेका आँशुले गाला भेटिसकेका थिए। 

आसुँलाई जर्बजस्ती रोक्ने प्रयास गर्दै धनमाया मुस्किलले बोलिन्, ‘कुमार नेपालमा भन्दा राम्रो उपचार हुने ठाउँमा छ, किन चिन्ता मान्नु पर्यो, सञ्चो भएर आइहाल्छ नि भनेर आफन्तहरुले सम्झाउनु हुन्थ्यो त्यसपछि हामी दाइ सञ्चो भएर फर्कने बाटो कुरिरहेका थियौँ।’

कुमार छिट्टै सञ्चो भएर फर्कने आशमा कुमारकी आमा अमिता दिन गनिरहेकी थिइन्। छोराको मुखमात्रै देख्न पनि ७ वर्षदेखि कुमारकी आमा तड्पिएकी थिइन्। परिवारले कुमारको बाटो कुरिरहेकै थिए। आमाका आँखाले घरिघरि घरबाट छोरा आउने बाटो निहाल्न छाडेका थिएनन्। 

कुमारसँगैका साथीहरुको करार अवधि सकिएर सबै नेपाल फर्किसकेका थिए। पछिपछि कुमारको अवस्था सुनाइदिने मान्छे पनि थिएनन्। धनमाया भन्छिन्, ‘दाइको अवस्था बुझ्न नपाएको धेरै भएको थियो। दाइको उपचार हुँदैछ भन्नेमा हामी ढुक्क थियौँ।’

000

गत भदौ महिनाको १६ गते धनमायाको मोबाइलमा नौलो नम्बरबाट फोन आयो। धनमायाले फोन उठाइन्। 

भारतबाट एक महिलाले गरेको फोन थियो त्यो। ‘तपाईँका दाइ कुमार हामीसँग हुनुहुन्छ, भोलि नेपाल आउँदै हुनुहुन्छ। तपाईँहरुले अरु कुनै चिन्ता लिनु पर्दैन, डाक्टर र नर्ससँगै हुनुहुन्छ। उपचारका लागि अस्पतालको व्यवस्था पनि हामी आफैँले गरेका छौँ,’ फोनबाट आवाज आयो। 

धनमाया झसङ्ग भइन्। उनलाई पत्यार लागेन। 

‘होइन, तपाईँ के भन्दै हुनुहुन्छ, मेरो दाइ दुबईमा बिरामी भएर उपचाररत हुनुहुन्छ, अरु कोही मान्छे होला। मेरो दाइको त केही पनि खबर आएको छैन,’ फोनमा धनमायाले जवाफ फर्काइन्।

‘मैंले विश्वास नमानेपछि दाईको फोटो र नागरिकताको फोटो उताबाट माग्नु भयो। इमोमा मैले दाइको फोटो र नागरिकताको फोटो खिचेर पठाइदिएँ। त्यसपछि मेरो दाइ नै हुनुहुँदो रहेछ भन्ने थाहा भयो,’ धनमाया भन्छिन्, ‘हाम्रो बिरामी हामीलाई थाहा नदिई भारत पुर्याइएछ।’ 

धनमायाले यो खबर आमालाई सुनाइन्। आमाको मनले कहाँ मान्थ्यो र? ७ वर्षदेखि देख्न नपाएको छोराको अनुहार हेर्न विमानस्थलमै पुग्ने गरी सोही दिन आमा, धनमाया र धनमायाका कान्छा दाइ भीम निस्किए। 

भोलिपल्ट भदौ १७ गते बिहानै उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे। 

कुमारलाई उपचारका लागि अलोकी केयरमा लैजान एम्बुलेन्स आएको थियो। कुमारको अवस्था जटिल भएकाले उनलाई विमानस्थलबाट सिधै एम्बुलेन्समा राखियो। 

‘७ वर्षपछि देख्दा पनि दाइको अनुहार उस्तै थियो। थोरै दुब्लाउनु भएको रहेछ। अरु खासै परिवर्तन थिएन। तर दाइको अवस्था देखेर हामी सबै निरिह भयौँ,’ धनमाया भक्कानिइन्, ‘आँखा आकाशतिर हेरिरहनु भएको थियो, हात पुरै मुठ्ठी कसिएका, बोलाउँदा पनि बोल्नु भएन।’

कुमारलाई एम्बुलेन्समा राखेर अलोकी पुर्‍याइयो। धनमाया, भीमसहित आमा आफूलाई जबरजस्ती सम्हालेर अलोकी पुगे। कुमारसँगै आएका एक जना नर्स र एकजना डाक्टर कुमारको उपचारको सम्पूर्ण जिम्मा अलोकी केयरलाई थमाएर गए। 

एक महिनाको उपचार खर्च पनि उनीहरुले नै तिरिदिए। कुमारलाई अलोकीमा उपचार गर्न ल्याएको दुई महिना भएको छ, अब बाँकी उपचार खर्च परिवार आफैँले बेहोर्नु पर्ने सुनाइएको छ। 

‘काम गर्न गएको सद्दे मान्छे। त्यत्रो ५ वर्ष उपचार गरेर पनि केही सुधार नभइ कम्पनीले बिना खबर यसरी हाम्रो दाइलाई अलपत्र बनाइदियो। अलोकीमा दिनकै दुई हजारभन्दा बढीको बिल आउँछ, हामीसँग उपचार खर्च छैन, अब दाइको उपचार कसरी गर्ने? कुमार कार्यरत कम्पनीले परिवारलाई चिन्तामाथि चिन्ता थपिदिएको छ। 

घरमा कुमारका भाइ भीम र आमा मात्रै छन्। आमा ५५ वर्ष भइसक्नु भयो। आम्दानीको कुनै स्रोत छैन। 

धनमाया विगततिर बहकिइन्, ‘घर जग्गा पनि धेरै छैन, सकुन्जेल आमाले ज्यामी काम गरेर हामीलाई हुर्काउनु भयो, बुबाको अत्तोपत्तो छैन। बुबाको अनुहार कस्तो थियो त्यतिसम्म पनि मलाई याद छैन। कान्छा दाई पनि भएको थोरै बारीमा खेती गरेर बस्नु भएको थियो, कमाउन जानु भएको हालत यस्तो छ, अब उपचार खर्च कसरी जुटाउने? 

भारतबाट नेपाल आउने क्रममा हराएका धनमायाका बुबाको न त सास फेला पर्यो नत लाश। बुबा हराएको ठ्याक्कै कति वर्ष भयो पनि थाहा छैन, बुबा यसरी हराउनु भएको रे भन्ने मात्रै सुनेको,’ धनमाया भन्छिन्, ‘बुबा हराएदेखि नै हराएको हाम्रो परिवारको खुसी कहिल्यै फर्किएन। 

१४ वर्षको कलिलै उमेरमा पर्वतमै घर भएका युवासँग विवाह गरेकी धनमायाका श्रीमान् धनवीर तिलिजा पुन पनि वैदेशिक रोजगारीमा युएईमा नै छन्। 

दाइको रेखदेख गर्न ९ वर्षको छोरालाई छाडेर काठमाडौं आएकी धनमायालाई झन् चिन्ता बढ्दै गइरहेको छ। ‘दाइको उपचार गर्न कम्पनीले नै सहयोग गर्छ भन्ने अपेक्षा थियो। घरबाट सद्दे गएको दाइलाई यस्तो अवस्थामा कम्पनीले हामीलाई थमायो। अब अरुभन्दा पनि ठूलो कुरा पैसा छैन। अहिलेसम्म आफन्तहरुले गरेको सहयोगले यहाँ उपचार गराइरहेका छौँ,’ कुमारको उपचार कसरी गराउने भन्ने चिन्ताले धनमायालाई पिरोल्न थालेको छ। 

कुमारकी आमा घर र नातिको रेखदेखका लागि घर फर्किएकी छन्। ‘कुमारलाई सञ्चो भयो?’ भनेर बेलाबेलामा सोधिरहन्छिन्। आमाको मनमा थोरै भए पनि खुसी थपियोस् भनेर धनमायाले अलि ठीक हुँदैछ भनेर सुनाउँछिन्। 

‘पहिले ल्याउँदा त सिधा आकाशमा मात्रै हेरिरहनु हुन्थ्यो, अहिले यता उता आँखा डुलाउन थाल्नु भएको छ,’ धनमायाले भन्छिन्, ‘दाइको पुरै शरीर एकपटक जाँच गर्न पाए हुन्थ्यो। के भएको भन्ने थाहा हुन्थ्यो कि!’

000

कुमारको स्वास्थ्यमा सुधार नभएकाले रोजगारदाताले नेपाल पठाइदिएको थियो। युएईस्थित नेपाली दूतावासलाई पनि थाहै नदिई कम्पनीले भारत हुँदै कुमारलाई नेपाल पठाइएको नेपाली दूतावासले बताएको छ। गम्भीर अवस्थाका बिरामी दूतावास र परिवारलाई नै थाहा नदिई सुटुक्क भारत हुँदै पठाउने रोजगारदाताले उपचारको खर्च पनि परिवारमाथि नै थमाउँनु कम्पनीको गैरजिम्मेवारीपन हो। 

‘हामीलाई अरु कुरा केही थाहा छैन, भारतमा अलपत्र परेको बिरामी हामीले रेस्क्यु गरेका हौँ। नेपालको यस्तो बिरामी हामीसँग हुनुहुन्छ, तपाईँहरु राखेर उपचार गर्नुहुन्छ भनेर हामीलाई भारतस्थित युनिभर्सल मेडिकलले सम्पर्क गरेको थियो। सबै कुरा बुझेर 'हुन्छ' भन्यौँ। त्यसपछि हामीले उहाँलाई विमानस्थल पुगेर ल्यायौँ,’ अलोकी केयरकी एक स्वास्थ्यकर्मीले नेपाल लाइभसँग बताइन्। 

सरकारले वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका गम्भीर अवस्थामा विदेशस्थित विभिन्न अस्पतालमा उपचाररत बिरामीहरु नेपाल ल्याएर उपचार गराउने सम्बन्धमा छलफल गरिरहेको छ। विदेशस्थित अस्पतालमा उपचाररत कामदारलाई नेपाल झिकाएर उपचार गराउने सम्बन्धमा कार्यदल समेत गठन भइसकेको छ। कार्यदलले सरकारलाई कोमाका कामदारका सम्बन्धमा प्रतिवेदन तयार गरी पेस गरिसकेको छ। जसमा कुमार फगामीलाई तत्काल नेपाल ल्याउन नमिल्ने उल्लेख छ। तर रोजगारदाताले सम्बन्धित दूतावास र आफन्तलाई नै खबर नगरी कुमारलाई नेपाल पठाएकाले सरकारले यस विषयलाई गम्भीर रुपमा लिनु पर्ने सरोकारवालाहरुको माग छ। 

कुमारका आफन्तले अहिले आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा आवेदन दिएका छन्। ‘श्रम स्वीकृति लिएर जानु भएको हो, करार अवधिमै दाइ यस्तो अवस्थामा पुग्नु भयो। सरकारले केही सहयोग गर्ला भन्ने आश छ,’ धनमायाले सुनाइन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
विश्वकप लिग २ : यूएईसँग पनि नेपाल हार्‍यो बिहीबार, कात्तिक १३, २०८२
खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश बिहीबार, कात्तिक १३, २०८२
बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक बिहीबार, कात्तिक १३, २०८२
यूएईलाई २३४ रनको चुनौतीपूर्ण लक्ष्य, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने रोहित पहिलो नेपाली खेलाडी बिहीबार, कात्तिक १३, २०८२
विद्युत् प्राधिकरण अगाडि भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्