• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

७ वर्षपछि दाइ त आए तर तिहार आएन

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १२, २०७६  ०८:४०
1140x725

ललितपुर- सबैतिर तिहारको रौनक छाइसकेको छ। चेली र माइतीबीच उमंगको पर्व तिहारमा सबै खुसी छन्। तर पर्वत मोदी गाउँपालिकाका कुमार फगामी पुन मगर र उनीकी बहिनी धनमाया तिलिजा पुन मगरको तिहार यस वर्ष पनि उस्तै खल्लो छ।

धनमायाका परेली आँसुले भिँजेका छन्। मन कुँडिएको छ। ‘भित्र जति पीडा भएपनि बाहिर त देखाउन मिल्दैन,’ गहभरि आँसु पार्दै धनमायाले भनिन्, 'कुमार दाइ परदेशिएपछि तिहार खल्लो हुन थाल्यो। दाइलाई तिहारमा टिका लगाउन नपाएको ७ वर्ष भइसक्यो, त्यो बेलाको तिहार को रौनक नै बेग्लै थियो,’ धनमायाले सुनाइन्। 

‘७ वर्षसम्म दाइको मुख देख्न पनि पाएको थिएन, ५ वर्षदेखि त बोली पनि सुन्न पाएको छैन। जसोतसो मुख त देख्न पाइयो। तर ७ वर्षपछिको तिहार पनि........,’ धनमायाको गला अवरुद्ध भयो। आँशुले गह भरिए। 

खुसीको तिहार त त्यतिबेला मात्रै आउँथ्यो। जतिबेला धनमायाका जेठा दाइ कुमार र कान्छा दाइ भीम दुवैजना घरमा सँगै थिए। हुन त त्यो बेलामा खुसी नै खुसी पनि थिएन तैपनि जीवनका केही दुःखलाई बढी खुसीले छोपिदिएको थियो। 

‘दाइ एता हेर्नुस् त, दाइ हेर्नुस् न,’ धनमाया उनका दाइ कुमारको निधार घरिघरि सुम्सुम्याउँछिन् त घरिघरि हात मुर्साछिन्। 

कुमार एकोहोरो हेरिरहन्छन् मात्र। कुनै प्रतिक्रिया दिँदैनन्। कहिलेकाँही आँखा चिम्लिन्छन्।

ललितपुर सानेपास्थित अलोकी केयर होम एण्ड रिह्याबिलिटेसन सेन्टरको दृश्य हो यो। धनमायाको दैनिकी दुई महिनादेखि यसैगरी चलिरहेको छ। धनमाया र उनका दाजुहरुको यसपालिको तिहार सानेपास्थित अलोकी केयरमै हुने भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘७ वर्षपछिको तिहार। सुखदुख मनाउनै पर्यो। कुमार दाइले मलाई चिन्नु पनि हुन्न। कुनै प्रतिक्रिया दिनुहुन्न। न केही बोल्नु हुन्छ,’ उनी भन्छिन्, ‘परिवारमा खुसी ल्याउन परदेश हिड्नु भएको दाइ यस्तो अवस्थामा हुनुहुन्छ!’ 

परदेशबाट खुसी लिएर आउने वाचा गरेर रोजगारीका लागि ७ वर्ष अघि संयुक्त अरब इमिरेट्स (युएई)पुगेका धनमायाका जेठा दाजु कुमार ५ वर्षदेखि कोमामा उपचाररत छन्। 

सियोङ कन्स्ट्रक्सन कम्पनीमा कार्यरत कुमार युएई पुगेको २२ महिना मात्रै भएको थियो। १ जुलाई २०१५ काम गर्न कम्पनीमा जानै लाग्दा कुमार अचानक बेहोस् भएर ढलेको भन्ने खबर परिवारमा आएको थियो। 

‘दाइ अफिस जान लाग्दा अचानक बेहोस् भएर ढल्नु भयो भन्ने खबर हामीलाई आएको थियो। परदेशको ठाउँमा उहाँ कसरी यस्तो अवस्थामा पुग्नु भयो? हामीले त अरुले सुनाएपछि मात्रै थाहा पाउने हो, आँखाले देखिएन,’ धनमायाले सुनाइन्।  कुमारको उपचार भइरहेको छ भन्ने खबर मात्रै परिवारलाई थाहा भयो। 

‘५ वर्षसम्म दाइ बोल्न अवस्थामा नआउँदा आमा धेरै पिर लिनु हुन्थ्यो, नेपालमै ल्याएर उपचार गर्न पाए हुन्थ्यो भन्ने सोच्नु हुन्थ्यो। तर आर्थिक अवस्था कमजोर थियो। ईच्छा भएर मात्रै के गर्नु? पैसा नभएपछि,’ धनमायाका आँखाबाट बगेका आँशुले गाला भेटिसकेका थिए। 

आसुँलाई जर्बजस्ती रोक्ने प्रयास गर्दै धनमाया मुस्किलले बोलिन्, ‘कुमार नेपालमा भन्दा राम्रो उपचार हुने ठाउँमा छ, किन चिन्ता मान्नु पर्यो, सञ्चो भएर आइहाल्छ नि भनेर आफन्तहरुले सम्झाउनु हुन्थ्यो त्यसपछि हामी दाइ सञ्चो भएर फर्कने बाटो कुरिरहेका थियौँ।’

कुमार छिट्टै सञ्चो भएर फर्कने आशमा कुमारकी आमा अमिता दिन गनिरहेकी थिइन्। छोराको मुखमात्रै देख्न पनि ७ वर्षदेखि कुमारकी आमा तड्पिएकी थिइन्। परिवारले कुमारको बाटो कुरिरहेकै थिए। आमाका आँखाले घरिघरि घरबाट छोरा आउने बाटो निहाल्न छाडेका थिएनन्। 

कुमारसँगैका साथीहरुको करार अवधि सकिएर सबै नेपाल फर्किसकेका थिए। पछिपछि कुमारको अवस्था सुनाइदिने मान्छे पनि थिएनन्। धनमाया भन्छिन्, ‘दाइको अवस्था बुझ्न नपाएको धेरै भएको थियो। दाइको उपचार हुँदैछ भन्नेमा हामी ढुक्क थियौँ।’

000

गत भदौ महिनाको १६ गते धनमायाको मोबाइलमा नौलो नम्बरबाट फोन आयो। धनमायाले फोन उठाइन्। 

भारतबाट एक महिलाले गरेको फोन थियो त्यो। ‘तपाईँका दाइ कुमार हामीसँग हुनुहुन्छ, भोलि नेपाल आउँदै हुनुहुन्छ। तपाईँहरुले अरु कुनै चिन्ता लिनु पर्दैन, डाक्टर र नर्ससँगै हुनुहुन्छ। उपचारका लागि अस्पतालको व्यवस्था पनि हामी आफैँले गरेका छौँ,’ फोनबाट आवाज आयो। 

धनमाया झसङ्ग भइन्। उनलाई पत्यार लागेन। 

‘होइन, तपाईँ के भन्दै हुनुहुन्छ, मेरो दाइ दुबईमा बिरामी भएर उपचाररत हुनुहुन्छ, अरु कोही मान्छे होला। मेरो दाइको त केही पनि खबर आएको छैन,’ फोनमा धनमायाले जवाफ फर्काइन्।

‘मैंले विश्वास नमानेपछि दाईको फोटो र नागरिकताको फोटो उताबाट माग्नु भयो। इमोमा मैले दाइको फोटो र नागरिकताको फोटो खिचेर पठाइदिएँ। त्यसपछि मेरो दाइ नै हुनुहुँदो रहेछ भन्ने थाहा भयो,’ धनमाया भन्छिन्, ‘हाम्रो बिरामी हामीलाई थाहा नदिई भारत पुर्याइएछ।’ 

धनमायाले यो खबर आमालाई सुनाइन्। आमाको मनले कहाँ मान्थ्यो र? ७ वर्षदेखि देख्न नपाएको छोराको अनुहार हेर्न विमानस्थलमै पुग्ने गरी सोही दिन आमा, धनमाया र धनमायाका कान्छा दाइ भीम निस्किए। 

भोलिपल्ट भदौ १७ गते बिहानै उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे। 

कुमारलाई उपचारका लागि अलोकी केयरमा लैजान एम्बुलेन्स आएको थियो। कुमारको अवस्था जटिल भएकाले उनलाई विमानस्थलबाट सिधै एम्बुलेन्समा राखियो। 

‘७ वर्षपछि देख्दा पनि दाइको अनुहार उस्तै थियो। थोरै दुब्लाउनु भएको रहेछ। अरु खासै परिवर्तन थिएन। तर दाइको अवस्था देखेर हामी सबै निरिह भयौँ,’ धनमाया भक्कानिइन्, ‘आँखा आकाशतिर हेरिरहनु भएको थियो, हात पुरै मुठ्ठी कसिएका, बोलाउँदा पनि बोल्नु भएन।’

कुमारलाई एम्बुलेन्समा राखेर अलोकी पुर्‍याइयो। धनमाया, भीमसहित आमा आफूलाई जबरजस्ती सम्हालेर अलोकी पुगे। कुमारसँगै आएका एक जना नर्स र एकजना डाक्टर कुमारको उपचारको सम्पूर्ण जिम्मा अलोकी केयरलाई थमाएर गए। 

एक महिनाको उपचार खर्च पनि उनीहरुले नै तिरिदिए। कुमारलाई अलोकीमा उपचार गर्न ल्याएको दुई महिना भएको छ, अब बाँकी उपचार खर्च परिवार आफैँले बेहोर्नु पर्ने सुनाइएको छ। 

‘काम गर्न गएको सद्दे मान्छे। त्यत्रो ५ वर्ष उपचार गरेर पनि केही सुधार नभइ कम्पनीले बिना खबर यसरी हाम्रो दाइलाई अलपत्र बनाइदियो। अलोकीमा दिनकै दुई हजारभन्दा बढीको बिल आउँछ, हामीसँग उपचार खर्च छैन, अब दाइको उपचार कसरी गर्ने? कुमार कार्यरत कम्पनीले परिवारलाई चिन्तामाथि चिन्ता थपिदिएको छ। 

घरमा कुमारका भाइ भीम र आमा मात्रै छन्। आमा ५५ वर्ष भइसक्नु भयो। आम्दानीको कुनै स्रोत छैन। 

धनमाया विगततिर बहकिइन्, ‘घर जग्गा पनि धेरै छैन, सकुन्जेल आमाले ज्यामी काम गरेर हामीलाई हुर्काउनु भयो, बुबाको अत्तोपत्तो छैन। बुबाको अनुहार कस्तो थियो त्यतिसम्म पनि मलाई याद छैन। कान्छा दाई पनि भएको थोरै बारीमा खेती गरेर बस्नु भएको थियो, कमाउन जानु भएको हालत यस्तो छ, अब उपचार खर्च कसरी जुटाउने? 

भारतबाट नेपाल आउने क्रममा हराएका धनमायाका बुबाको न त सास फेला पर्यो नत लाश। बुबा हराएको ठ्याक्कै कति वर्ष भयो पनि थाहा छैन, बुबा यसरी हराउनु भएको रे भन्ने मात्रै सुनेको,’ धनमाया भन्छिन्, ‘बुबा हराएदेखि नै हराएको हाम्रो परिवारको खुसी कहिल्यै फर्किएन। 

१४ वर्षको कलिलै उमेरमा पर्वतमै घर भएका युवासँग विवाह गरेकी धनमायाका श्रीमान् धनवीर तिलिजा पुन पनि वैदेशिक रोजगारीमा युएईमा नै छन्। 

दाइको रेखदेख गर्न ९ वर्षको छोरालाई छाडेर काठमाडौं आएकी धनमायालाई झन् चिन्ता बढ्दै गइरहेको छ। ‘दाइको उपचार गर्न कम्पनीले नै सहयोग गर्छ भन्ने अपेक्षा थियो। घरबाट सद्दे गएको दाइलाई यस्तो अवस्थामा कम्पनीले हामीलाई थमायो। अब अरुभन्दा पनि ठूलो कुरा पैसा छैन। अहिलेसम्म आफन्तहरुले गरेको सहयोगले यहाँ उपचार गराइरहेका छौँ,’ कुमारको उपचार कसरी गराउने भन्ने चिन्ताले धनमायालाई पिरोल्न थालेको छ। 

कुमारकी आमा घर र नातिको रेखदेखका लागि घर फर्किएकी छन्। ‘कुमारलाई सञ्चो भयो?’ भनेर बेलाबेलामा सोधिरहन्छिन्। आमाको मनमा थोरै भए पनि खुसी थपियोस् भनेर धनमायाले अलि ठीक हुँदैछ भनेर सुनाउँछिन्। 

‘पहिले ल्याउँदा त सिधा आकाशमा मात्रै हेरिरहनु हुन्थ्यो, अहिले यता उता आँखा डुलाउन थाल्नु भएको छ,’ धनमायाले भन्छिन्, ‘दाइको पुरै शरीर एकपटक जाँच गर्न पाए हुन्थ्यो। के भएको भन्ने थाहा हुन्थ्यो कि!’

000

कुमारको स्वास्थ्यमा सुधार नभएकाले रोजगारदाताले नेपाल पठाइदिएको थियो। युएईस्थित नेपाली दूतावासलाई पनि थाहै नदिई कम्पनीले भारत हुँदै कुमारलाई नेपाल पठाइएको नेपाली दूतावासले बताएको छ। गम्भीर अवस्थाका बिरामी दूतावास र परिवारलाई नै थाहा नदिई सुटुक्क भारत हुँदै पठाउने रोजगारदाताले उपचारको खर्च पनि परिवारमाथि नै थमाउँनु कम्पनीको गैरजिम्मेवारीपन हो। 

‘हामीलाई अरु कुरा केही थाहा छैन, भारतमा अलपत्र परेको बिरामी हामीले रेस्क्यु गरेका हौँ। नेपालको यस्तो बिरामी हामीसँग हुनुहुन्छ, तपाईँहरु राखेर उपचार गर्नुहुन्छ भनेर हामीलाई भारतस्थित युनिभर्सल मेडिकलले सम्पर्क गरेको थियो। सबै कुरा बुझेर 'हुन्छ' भन्यौँ। त्यसपछि हामीले उहाँलाई विमानस्थल पुगेर ल्यायौँ,’ अलोकी केयरकी एक स्वास्थ्यकर्मीले नेपाल लाइभसँग बताइन्। 

सरकारले वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका गम्भीर अवस्थामा विदेशस्थित विभिन्न अस्पतालमा उपचाररत बिरामीहरु नेपाल ल्याएर उपचार गराउने सम्बन्धमा छलफल गरिरहेको छ। विदेशस्थित अस्पतालमा उपचाररत कामदारलाई नेपाल झिकाएर उपचार गराउने सम्बन्धमा कार्यदल समेत गठन भइसकेको छ। कार्यदलले सरकारलाई कोमाका कामदारका सम्बन्धमा प्रतिवेदन तयार गरी पेस गरिसकेको छ। जसमा कुमार फगामीलाई तत्काल नेपाल ल्याउन नमिल्ने उल्लेख छ। तर रोजगारदाताले सम्बन्धित दूतावास र आफन्तलाई नै खबर नगरी कुमारलाई नेपाल पठाएकाले सरकारले यस विषयलाई गम्भीर रुपमा लिनु पर्ने सरोकारवालाहरुको माग छ। 

कुमारका आफन्तले अहिले आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा आवेदन दिएका छन्। ‘श्रम स्वीकृति लिएर जानु भएको हो, करार अवधिमै दाइ यस्तो अवस्थामा पुग्नु भयो। सरकारले केही सहयोग गर्ला भन्ने आश छ,’ धनमायाले सुनाइन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्