बैतडी- जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सुनाएको छ।
गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी लुहारलाई जबर्जस्ती करणीमा जन्मकैदसहित ८ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ।
सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।