लक्ष्मीपूजामा सरस्वतीको
दूत बनेर आयौ
सुक्खा-बञ्जर बस्तीहरुमा
सिर्जनाको सुनामी ल्यायौ
ताराहरुका बीचमा एक्लो
जून बनेर उदायौ
प्रकृतिका पुजारी रहेछौ
झरनाको झंकार भएछौ
मानवताको गीत गाएर
ईश्वरलाई पनि मोहनी लाएछौ
दृश्यहरुको स्वाद लिएर
आवाजलाई पनि आकार दिएर
विद्वेषले फाटेका मनहरु
जोड्यौ प्रेमको धागोले सिएर
मान्छेहरुलाई मान्छे चिनाएर गयौ
मान्छे हुनुको मजा दिलाएर गयौ
देवताहरुसँग सापटी लिएर
मान्छेहरुलाई अमृत पिलाएर गयौ।
-थलारा, बझाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।